सुरुवाती अग्रता जोगाउन नसक्दा रियल जिरोनासँग बराबरीमा रोकियो

सुरुवाती अग्रता जोगाउन नसक्दा रियल जिरोनासँग बराबरीमा रोकियो


 सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ ।

१० खेलाडीमा समेटिएको रियल घरेलु मैदानमा जिरोनासँग १–१ गोलको बराबरीमा रोकिन पुगेको हो । बराबरीका बाबजुद रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । खेलको ७० औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर भेटरान क्रिस्टियन स्टुआनीले पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरे । खेलको अन्त्यतिर रोड्रिगोको गोललाई रद्द गरिएको थियो भने क्रुसले इन्जुरी समयमा दोस्रो पहेँलो कार्ड पाएका थिए । ​बराबरीपछि १२ खेलबाट रियलको ३२ अङ्क रहेको छ । जिरोनामा रेलिगेसन जोनमा रहेको छ ।

Logo