प्राइम, युनियन र गुराँसले गरे अन्तिम मर्जर सम्झौता, बराबरी हैसियत रहने

प्राइम, युनियन र गुराँसले गरे अन्तिम मर्जर सम्झौता, बराबरी हैसियत रहने


प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आपसमा मर्जरमा जान अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

काठमाडौंस्थित होटल अलफ्टमा भएको एक कार्यक्रमकाबीच तीन वटै कम्पनीका अध्यक्षहरु युनियन लाइफको तर्फबाट शुलभ अग्रवाल, प्राइम लाइफको तर्फबाट पियुस राज अर्याल र गुराँस लाइफको तर्फबाट विवेक दुगडले बराबरी हैसितमा मर्जर गरेर ‘हिमालयन लाइफ इन्स्योरन्स लिमिडेड’ राख्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । 

तीन वटै नाम जोड्दा लामो हुने र दुई वटाको मात्रै राख्दा एउटाको नरहने अवस्था आएपछि मर्जर कमिटीले सर्वस्वीकृतिमा नयाँ नाम ‘हिमालयन लाइफ इन्स्योरन्स लिमिडेड’ सोचेको हो ।

सहमतिअनुसार कम्पनीको मर्जर लगायतको कार्यहरु नियमित गरेर कर्मचारी व्यवस्थापन र शाखाहरुको व्यवस्थापनसम्बन्धि कार्यलाई अघि बढाउने र समग्रमा एकिकृत कारोबार यथाशक्य छिटो शुरु गरिनेछ ।

अब हिमालयन लाइफको अध्यक्षमा युनियन लाइफका सुलभ अग्रवाल रहने छन् भने सिईओ मनोज कुमार कर्ण हुनेछन् । गुराँस लाइफका सिईओ र प्राइम लाइफका कामु सिईओ डेपुटी सिईओको रुपमा हुनेछन् । केन्द्रिय कार्यालय भने नक्सालमा रहनेछ । हाल युनियनको नयाँ बानेश्वर, गुराँसको तीनकुने र प्राइम लाइफको केन्द्रिय कार्यालय नक्सालमा छ ।

अब मर्जरपछि कूल चुक्ता पुँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ । हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड छ । युनियनको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ छ भने गुराँसको २ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।  

Skip This
Logo