आईपीएलमा हैदराबादसँग दिल्ली पराजित

आईपीएलमा हैदराबादसँग दिल्ली पराजित


ईन्डियन प्रिमियर लिग(आईपीएल)मा सनराईजर्स हैदराबादले  दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबाद ९ रनले विजयी भएको हो। 

हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।दिल्लीका लागि फिलिप साल्ट र मिचेल मार्शले अर्धशतकीय ईनिङ खेले । मार्शले ३९ बलमा १ चौका तथा ६ छक्का प्रहार गरे। साल्टले ३५ बलमा ९ चौकाका साथ ५९ रन बनाए। 

पहिलो ओभरमा नै दिल्लीले कप्तान डेबिड वार्नरलाई शुन्य रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि मार्श र साल्टले ६६ बलमा १ सय १२ रनको साझेदारी गरे । १ सय १२ रनमा १ विकेट गुमाएको अवस्थाको दिल्लीले निरन्तर विकेट गुमाउदा हार व्यहोर्न पुग्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।

दिल्लीका लागि मिचेल मार्शले ४ ओभरमा २७ रन खर्चिएर ४ विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले समान १/१ विकेट लिए । आठ खेलमा तीन जित र पाँच हारका साथ हैदरावाद १० टोली सहभागी यस लिगको आठौँ स्थानमा उक्लिएको छ । आठ खेलमा छ हार व्यहोरेको दिल्ली पुछारमा रहेको छ ।

Logo