एमालेकाे दाबी- कांग्रेस अहिले चिर निन्द्रामा छ, व्युँझिएको दिन सरकार ढल्छ

एमालेकाे दाबी- कांग्रेस अहिले चिर निन्द्रामा छ, व्युँझिएको दिन सरकार ढल्छ


नेकपा (एमाले)का प्रभावशाली नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले अहिलेको सरकारले सुशासनलाई केवल स्टन्टमात्रै बनाएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता तामाङले सरकारले ललिता निवास, सुन तस्करी, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका विषयलाई निष्कर्षमा पुर्याउन नसक्ने बताएका हुन् । उनले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको सुई घुमेर सम्भावित देखिएका मान्छेहरुलाई अलग्गै बाहिर राखेर अभियोजन दर्ता भएको आरोप लगाए ।

उनले सम्भावित मानिसहरुलाई अनुसन्धानको दायरामा नल्याई अभियोजन हुनुले उक्त प्रकरण अन्तिम निष्कर्षमा पुग्दैन भन्ने एमालेको निष्कर्ष रहेको बताए । 

त्यसैगरी, ललिता निवास प्रकरणमा नाम मुछिएका मानिसहरु सबै आर्थिक लाभकै कारण संलग्नता नभएपनि न्यायिक प्रश्न उठेपछि न्यायिक कसीमा जाँचिनुपर्ने उनले बताए । ‘ललिता निवास प्रकरणमा संलग्नता भनिएका, अहिले हामी फलानो पनि भनेर जसरी नाम चर्चा गर्छौं, कतिपय व्यक्ति व्यक्तित्वको सम्बन्धमा आर्थिक लाभकै सन्दर्भमा आफूलाई संलग्न गरेर निर्णय गर्यो भनेर म भन्दिन । तर, न्यायिक हिसाबले प्रश्न उठे पछाडि एकचोटी न्यायिक कसीमा जाँचिनु पर्दछ,’– उनले भने । 

अहिलेको सरकारको आयु कांग्रेस व्युँझिएको दिनसम्म मात्रै बाँकी रहने नेता तामाङको टिप्पणी छ । कांग्रेस अहिले चिर निन्द्रामा रहेको र कहिलेकाँही व्युँझिएको जस्तो गरेपनि भष्टाचारमा मुछिएको आफ्ना मान्छे जोगाउनमै रुमलिएको उनले बताए । ‘कांग्रेस अहिले व्युँतिरहेको छैन, कांग्रेस अहिले चिर निन्द्रामा छ । कहिले काही व्युँझिएको जस्तो गर्छ, त्यसो हुँदा आफ्नो मान्छे को–को भ्रष्टाचारमा पर्न खोज्यो त्यसलाई बचाउने काममा लाग्नु हुन्छ,’– नेता तामाङले भने । 

Logo