प्रधानमन्त्री दाहालले गरे न्युयोर्कमा रहेका गैरआवासीय नेपाली समुदायसँग छलफल

प्रधानमन्त्री दाहालले गरे न्युयोर्कमा रहेका गैरआवासीय नेपाली समुदायसँग छलफल


संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रसंघ मुख्यालय न्युयोर्क गएका प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले गैरआवासीय नेपाली समुदाय,व्यवसायी तथा विज्ञसँग छलफल गरेका छन्। 

नेपाली प्रतिनिधिमण्डलको स्वागत् तथा सम्मानमा नेपाली महावाणिज्य दूतावासले न्युयोर्कमा आयोजनामा गरेको उक्त कार्यक्रममा गैरआवासीय नेपाली समुदाय, व्यवसायी तथा विज्ञसंग प्रधानमन्त्री दाहालले विविध विषयमा छलफल गरेका हुन्।

‘दाहालले महामारी रोकथाम,तयारी र प्रतिक्रिया’ विषयक छलफललाई सम्बोधन गरेका हन्। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दाहालसँग परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायतको टोली न्यूयोर्कमा छन्। प्रधानमन्त्री प्रचण्डले आज महासभालाई सम्बोधन गर्दैछन्। 

Logo