ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु


ताइवानको एक गल्फ बल कारखानामा भएको विस्फोटमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । 

शुक्रबार साँझदेखि शुरु भएको आगलागीमा परी १०० भन्दा बढी घाइते भएको पिङटुङ काउन्टी सरकारले स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएको छ । आगलागी नियन्त्रणका क्रममा खटिएका एक अग्निनियन्त्रक र अन्य तीन जना हराइरहेका छन् । 

ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबार बिहान घटनास्थलको भ्रमण गरी मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए ।  

राष्ट्रपति साईले आपतकालीन प्रतिक्रिया कर्मचारीहरूलाई सङ्केत गर्दै भने, “म सबैलाई उनीहरूको कडा परिश्रमको लागि धन्यवाद दिन चाहन्छु र सुरक्षित रहेर उद्धारमा खटिन निर्देशन दिन्छु ।”  

उनले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न मुर्दाघरमै र घाइतेहरूलाई भेट्न अस्पताल पुगेका थिए । 

पिङटुङ फायर डिपार्टमेन्टका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार कारखानाभित्र भण्डारण गरिएको रासायनिक पेरोक्साइडका कारण एउटा ठूलो र धेरै साना विस्फोट भएको हुनसक्छ । 

विस्फोटका कारण कारखानाको छतको एक भाग ढलेको थियो जसका कारण धेरै मानिस भित्र फसेका थिए । -एएफपी 

Logo