जापानमा भूकम्पमा परी मर्नेको संख्या ४८ पुग्यो

जापानमा भूकम्पमा परी मर्नेको संख्या ४८ पुग्यो


नयाँ वर्षको दिनमा सी अफ जापानको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको क्षति स्पष्ट हुँदै गएको छ। इशिकावा प्रिफेक्चरमा भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ।

इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै जना घाइते भएका छन्, घाइतेहरूको सुची संकलन भइरहेको जापनी समाचार संस्था एनएचकेले जनाएको छ।

आपतकालिन विभागका अधिकारीहरूले वाजिमा शहरमा घरहरू सहित २५ भवनहरू ध्वस्त भएको बताएका छन्। उनीहरुका अनुसार १४ वटा संरचनामा मानिसहरु फसेको हुनसक्छ। उनीहरुको उद्धारका लागि आपतकालिन विभागले प्रयास गरिरहेको छ।

Logo