प्रदेश नं. १ : नाम थाती, राजधानी विराटनगर

प्रदेश नं. १ : नाम थाती, राजधानी विराटनगर


विराटनगर

तत्काललाई प्रदेश १ को नाम तोक्ने विषय थाती राख्दै सत्तारुढ नेकपाले प्रदेश १ को राजधानी बृहत् विराट विकास क्षेत्रको विराटनगर तोक्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईका अनुसार पार्टीभित्र तीन दिनदेखि जारी विभिन्न चरणको छलफलपछि यस्तो निर्णय लिइएको हो ।

उनका अनुसार प्रदेशका प्रशासनिक संरचना भने इटहरी र गोठगाउँ क्षेत्रमा पनि निर्माण गर्ने निर्णय पार्टीले गरेको छ । पार्टी इन्चार्ज भीम आचार्यले भने इटहरी, गोठगाउँ र विराटनगर क्षेत्रमा राजधानीको संरचना बनाउने बताए । बुधबारदेखि जारी नेकपा बैठक शुक्रबार साँझसम्म चलेको थियो । बैठकपछि सञ्चारकर्मीसँग आचार्यले राजधानीका संरचना विराटनगर, इटहरी र गोठगाउँ क्षेत्रमा निर्माण गर्ने निर्णय भएको बताए ।

‘प्रदेशको राजधानी बृहत् विराट विकास क्षेत्रभित्र हुनेछ’, इन्चार्ज आचार्यले भने, ‘विराटनगर, इटहरी र गोठगाउँ क्षेत्रमा यसका संरचना बन्नेछन् । स्याटेलाइट सिटीको अवधारणा अनुसार योजना अघि बढ्नेछ ।’ आचार्यले कुन संरचना कहाँ निर्माण गर्ने भन्ने विषय छलफलद्वारा टुंगो लगाइने बताए ।
नागरिकबाट

Logo