सत्यराज आचार्यको ‘भरोसाको दियो’ सार्वजनिक (भिडियोसहित)

सत्यराज आचार्यको ‘भरोसाको दियो’ सार्वजनिक (भिडियोसहित)


गायक सत्यराज आचार्यको स्वर रहेको गीत ‘भरोसाको दियो’ सार्वजनिक भएको छ । गीतको शब्द हरिहर निरौलाको रहेको छ भने प्रस्तुती पनि उनकै हो । 

गीतमा विशाल ढकालले सङ्गीत भरेका छन् भने पुष्कर सुनुवारले सङ्गीत संयोजन गरेका छन् । म्यूजिक भिडियोसहित तयार पारिएको गीतलाई सत्यराज आचार्य स्वयंले निर्देशन गरेका हुन् । त्यस्तै आचार्यकी पत्नी अनिता थापा आचार्यले सहायक निर्देशकको भूमिका निभाएकी छिन् । गीतमा सत्यकै अभिनय समेत देख्न पाइन्छ । त्यस्तै स्वरूप पुरुष ढकाल र पुष्पा रायमाझीले पनि गीतमा अभिनय गरेका छन् । 

हरि हुमागाईंको छायाङ्कन र विकास धमलाको सम्पादन रहेको भिडियोलाई सत्यराज आचार्य र स्वरूपराज आचार्यको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

 

Skip This
Logo