नेपालमा आज ११० जनामा कोरोना संक्रमण पुष्टि, १०२ जना निको भए

नेपालमा आज ११० जनामा कोरोना संक्रमण पुष्टि, १०२ जना निको भए


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ जना पुगेको छ । आज ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा १०२ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको  मृत्यु भएको छ । यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ६५ पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ४६ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार २१८ जनाको परीक्षण गरिएको छ । काठमाडौं उपत्यकामा आज ५३ जना नयाँ संक्रमित थपिएका छन् । 

Skip This
Logo