नेपालमा आज ११२ जनामा कोरोना संक्रमण पुष्टि, ८४ जना निको भए

नेपालमा आज ११२ जनामा कोरोना संक्रमण पुष्टि, ८४ जना निको भए


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ जना पुगेको छ । आज ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८८२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २२३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८३ जनाको मृत्यु भएको तथ्यांक अपडेट गरिएको छ। यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ७६७ पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ५३ हजार ६३६ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ४११ जनाको परीक्षण गरिएको छ । 

Logo