नेपालमा आज ११२ जनामा कोरोना संक्रमण पुष्टि, ५४ जना निको भए

नेपालमा आज ११२ जनामा कोरोना संक्रमण पुष्टि, ५४ जना निको भए


नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ जना पुगेको छ । आज ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९३६ रहेको छ ।

पछिल्लो २४ घण्टामा ५४ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। यो सँगै कूल मृत्यु हुनेको संक्रमितको संख्या २ हजार ७७१ पुगेको छ ।

नेपालमा हालसम्म २१ लाख ५७ हजार ५८० जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ९४४ जनाको परीक्षण गरिएको छ ।

Logo