अनधिकृत व्यापारिक प्रयोजन हटाउन काठमाडौँ महानगरकाे माइकिङ

अनधिकृत व्यापारिक प्रयोजन हटाउन काठमाडौँ महानगरकाे माइकिङ


विश्व सम्पदा सूचिमा सूचिकृत वसन्तपुर हुनमानढोका दरबारक्षेत्र आसपासमा अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाउन काठमाडौँ महानगरपालिकाले माइकिङ गरेको छ । पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै काठमाडौँ महानगरपालिकाले माइकिङ गर्दै अनधिकृत रुपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न आग्रह गरेको हो । 

‘विभागलाई हामीले पटक–पटक मौखिक र लिखित रुपमा आग्रह गर्यौं, उहाँहरुले ढिलासुस्ती गरेपछि हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिहेका व्यापार–व्यवासायीहरुलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङक गरेका हौँ’,  ‘काठमाडौँ महानगरका प्रहरी प्रमुख धनपती सापकटाले भने, ‘वारुण यन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरहरु सञ्चालित छन् । हामीले उहाँहरुले आफैं हटाउन मान्नु भएन भने हामी हाम्रो ढंगबाट अघि बढ्छौँ ।’
 
सम्पदा बचाउने सबैभन्दा जिम्मेवार निकाय पुरातत्व रहेको र विश्व सम्पदा सूचिमा सूचिकृत स्थानमै पुरातत्वले सम्पदा मासेर आम्दानी गर्न थाल्दा अन्त पनि काम गर्न कठिन हुने गरको उनको भनाइ छ ।

काठमाडौँ महानगरपालिकाकाले यहि माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्वलाई पत्र पठाएको थियो । त्यसपछि अनधिकृत व्यापार–व्यवसाय हटाई त्यहाँको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वलाई कामय राख्न ताकेता गर्दै पुनः चैत ५ गते प्रथम ताकेता पत्र पठाई पुरातत्वलाई स्मरण गराएको थियो ।

Logo