घुस लिएको अभियोगमा वडा सचिवविरुद्ध मुद्दा

घुस लिएको अभियोगमा वडा सचिवविरुद्ध मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घुस लिएको अभियोग लागेका काठमाडौं महानगरपालिका–३० का वडा सचिव भरतकुमार पोखरेलविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्माण कार्य सम्पन्न भएपश्चात बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पोखरेललाई केही दिन पहिले घुससहित पक्राउ गरेको थियो ।

आरोपी पोखरेललाई बिगोअनुसार कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । 

Logo