उपत्यकामा वैशाख १६ देखि एक साता निषेधाज्ञा जारी

उपत्यकामा वैशाख १६ देखि एक साता निषेधाज्ञा जारी


काठमाडौं उपत्यकामा वैशाख १६ देखि एक साताका लागि निषेधाज्ञा जारी भएको छ। 

तीनवटै जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा जारी गरिएको हो। 

कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलन थालेपछि उपत्यकाका तीन जिल्लाका सिडिओहरुको आज बसेको बैठकले एम्बुलेन्स, बैंक, वित्तिय संस्था, दुरसंचार लगायत अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन चल्न नपाउने निर्णय गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आइतबार बसेको बैठकले पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका सहरी क्षेत्र निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो। त्यसैगरी, दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका पहाडी जिल्लामा पनि निषेधाज्ञा लगाउन सिसिएमसीले सुझाएको थियो। 

निषेधाज्ञा जारी भएपछि खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल र निजी तथा सार्वजनिक यातायात पनि बन्द हुनेछन्।

Logo