निषेधाज्ञा थप कडा बनाउने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित)

निषेधाज्ञा थप कडा बनाउने प्रधानमन्त्रीको घोषणा (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

आजका समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञालाई थप कडा बनाउने घोषणा गरेका छन्। उनले सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन पनि सबैमा आग्रह गरेका छन्। सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले १ हजार शय्याको अस्थायी अस्पताल निर्माण गर्न सेनालाई जिम्मा दिएको र फ्रान्टलाइनरलाई ५० प्रतिशत जोखिम भत्तादिने उद्घोष पनि गरेका छन्। उनले बन्दाबन्दीका कारण कसैलाई पनि भोकै पर्न नदिनेमा सरकार सचेत रहने बताएका छन् । 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश प्रमुख हेरफेर गरेको छ। बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुखका शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने निर्णय गर्दै सीता पौडेल र गंगाप्रसाद यादवलाई नियुक्त गरेको हो। नवनियुक्त प्रदेश प्रमुख पौडेल र यादवले आजै राष्ट्रपतिसमक्ष सपथग्रहण समेत गरेका छन्। उता, लुम्बिनी प्रदेशका विपक्षी चार दलले मुख्यमन्त्रीलाई बहिष्कार गर्ने घोषणा गरेका छन्।

सरकारले कोरोना भाइरस संक्रमणलाई नियन्त्रणका लागि भन्दै आन्तरिक हवाई उडान आज अर्थात् सोमबार मध्यरातिदेखि बन्द गर्ने भएको छ। यस्तै अन्तर्राष्ट्रिय उडान २२ गतेदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। तर, राष्ट्रिय अन्तर्राष्ट्रय चार्टर्ड उडानलाई भने सरकारले अनुमति दिने भएको छ। 

निषेधाज्ञाका बीच खाद्यलगायतका अत्यावश्यक सामग्रीको अभाव हुने हो कि भन्ने आम मानिसमा चासो र चिन्ता बढेको छ । तर,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सार्वजनिक बस्तुहरूको स्टकको अवस्था बारे जानकारी दिँदै आत्तिहाल्ने अवस्था नभएको बताएको छ। मन्त्रालयलले खाद्य र अन्य अत्यावश्यक सामग्रीको अभाव नहुने पनि स्पस्ट पारेको छ। यस्तै व्यापार कम्पनी लिमिटेडद्वारा उपत्यकाका विभिन्न स्थानमा सर्वसाधारणको सहजताका लागि खाद्यान्नको बिक्री वितरण खुला गरिएको पनि मन्त्रालयले जनाएको छ। 

नेपालमा कोरोना महामारीका बेला पनि एकै महिनामा २२ हजार बढी विदेशी पर्यटक आएको अध्यागमन विभागले जनाएको छ। विभागका अनुसार गत अप्रिल महिनामा मात्र १ सय ४४ देशबाट २२ हजार बढी विदेशी पर्यटक आएको जनाएको हो। तथ्यांक अनुसार सबैभन्दा धेरै नेपाल आउने पर्यटकमा भारतबाट रहेका छन्। यस्तै सो महिनामा स्वदेश फर्कने नेपालीको संख्या पनि उल्लेख्य रहेका विभागले जनाएको छ।

Skip This
Logo