नेपालमा एकै दिन ७ हजार ६६० जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

नेपालमा एकै दिन ७ हजार ६६० जनामा कोरोना पुष्टि, ५५ जनाको मृत्यु


नेपालमा आज ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये एन्टीजेन परीक्षणबाट ७३ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। यो संख्या हाल सम्मकै उच्च संख्या हो। सोमबार ७ हजार ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै संक्रमितको कूल संख्या ३ लाख ५१ हजार ५ जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ जना रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ।

आज ५५ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ। नेपालमा हालसम्म २५ लाख ३७ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ। आज १६ हजार ७०२ जनाको परीक्षण गरिएको छ।

Logo