कोरोनाबाट काभ्रेमा आज मात्र सात जनाको मृत्यु, ८२ संक्रमित थपिए

कोरोनाबाट काभ्रेमा आज मात्र सात जनाको मृत्यु, ८२ संक्रमित थपिए


कोरोना सङ्क्रमणबाट काभ्रेमा आज सात जनाको मृत्यु भएको छ। यस्तै ८२ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या ६२६ जना रहेको छ । हालसम्म जिल्लामा ४ हजार ६८ जनामा संक्रमण भएको छ।

आज धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीन जनाको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) ले जनाएको छ।

मृत्यु हुनेमा काभ्रे, मण्डनदेउपुर नगरका ७८ वर्षीय, बनेपाका ४२ वर्षीय र ६२ वर्षीया, पनौती नगरकी ८० वर्षीया, भक्तपुरका ६२ वर्षीया र ६७ वर्षीय तथा महोत्तरी, जलेश्वरका ५० वर्षीया छन्। मण्डनदेउपुरका एक पुरुषको काठमाडौँको मेडिसिटी अस्पतालमा आजै मृत्यु भएको छ। 

पछिल्लो घटना विवरण अनुसार कोरोना सङ्क्रमण भएको थाहा नभई घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भई आएकाको अस्पताल आएको एकै दिनमा मृत्यु हुने गरेको केन्द्रले जनाएको छ।

Logo