कोरोना संक्रमितसँग हजारौं असुल्दै काठमाडौंका निजी अस्पताल (भिडियोसहित)

कोरोना संक्रमितसँग हजारौं असुल्दै काठमाडौंका निजी अस्पताल (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं। 

कोरोना संक्रमणले जनजीवन प्रभावित भइरहेका बेला निजि अस्पताल भने कमाउ धन्दामा लागेका छन्। काठमाडौंको ह्यास्स अस्पताल र केएमसी अस्पतालले सार्वजनिक मञ्जुरीनामा र सूचनाले यतिबेला निजी अस्पतालहरूको नियत माथि नै प्रश्न उठाएको छ। ह्यास्स अस्पतालले विरामीकालागि तयार मञ्जुरीनामामा प्रतिदिन बेड चार्ज ५० हजारसम्म कायम गरेको छ। अर्को केएमसी अस्पतालले सार्वजनिक गरेको सूचनामा प्रतिदिन प्रतिबेड शुल्क ३० हजारसम्म कायम गरिएको छ। निजी अस्पतालको यस्तो मनोमानी शुल्क निर्धारण विरुद्ध यतिबेला सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ । विरोधसँगै स्वास्थ्य मन्त्रालयले पनि त्यस्ता अस्पतामाथि जनगुनासो बढेकाले गम्भिर ध्यानकषर्ण भएको र त्यस्तो मानोमानि शुल्क लिने अस्पताललाई कारवाही गर्ने चेतावनी पनि दिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन नेपाली कांग्रेससँग आग्रह गरेका छन्। देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री ओलीले सहकार्यको प्रस्ताव गरेका थिए। तर, बैठकमा कांग्रेसले प्रमुख प्रतिपक्षी दल भएकोले पनि विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ। बुधबारको भेटमा प्रधानमन्त्री ओलीले भने लोकतन्त्रका लागि कांग्रेस र एमालेले सँगै संघर्ष गरेको स्मरण गराउँदै आगामी दिनमा पनि सहकार्यको सम्भावना रहेको बताएका थिए।

नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल आईसीसीको ’प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा परेका छन्। कुशल अप्रिल महिनाको ’प्लेयर अफ दि मन्थ’ अवार्डका लागि मनोनयनमा परेका हुन्। घरेलु भूमिमा भएको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल अवार्डको मनोनयनमा परेका हुन्। नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजमा कुशलले ४ अर्धशतक बनाएका थिए।

नेपालमा हाल कोभिड–१९ सङ्क्रमण बढ्दो क्रममा रहेसँगै नियन्त्रणका लागि वैशाख ७ गते यता ५२ जिल्लामा निषेधाज्ञा जारी छ। त्यसमध्ये १२ जिल्लामा आंशिक आदेश जारी भएको छ। पछिल्लो चौविस घण्टामा मात्रै छ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ। तर, कोरोना संक्रमण दर भने दिनप्रतिदिन बढ्दै गएको छ भने मृत्युदर पनि बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार नेपालमा पछिल्लो पछिल्लो २४ घण्टाको अवधीमा ८ हजार ६ सय जना भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने, ५८ जनाको मृत्यु भएको छ।

नेपालमा अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष सुन आयात ४३ दशमलव ४६ प्रतिशतले बढी भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। चालू आवको चैतसम्म नेपालमा १९ अर्ब ३१ करोड ६ लाख बराबरको सुन आयात भएको छ। यसमा पनि गत चैत्र महिनामा औसत भन्दा बढी अर्थात् ४ सय ६० केजी सुन आयात भएको विभागले जनाएको छ।

Logo