दुई निजी अस्पतालले बुझाए स्पष्टीकरण, लुटधन्दा ढाकछोप पार्ने जुक्ति

दुई निजी अस्पतालले बुझाए स्पष्टीकरण, लुटधन्दा ढाकछोप पार्ने जुक्ति


महामारीमा कोभिड–१९ संक्रमितसँग चर्को मूल्य लिने अस्पतालहरु मध्ये ह्याम्स र केएमसी अस्पतालले काठमाडौं जिल्ला प्रशासनलाई स्पष्टीकरण बुझाएका छन्।

तोकिएभन्दा धेरै शूल्क लिएकोबारे ह्याम्स र केएमसी अस्पताललाई काठमाडौं जिल्ला प्रशासनले केहि दिन अघिमात्र स्पष्टीकरण सोधिएको थियो।

बुधबारमात्रै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दुवै अस्पताल व्यस्थापकलाई बोलाएर स्पष्टीकरण सोधेका थिए। 

स्पष्टीकरण सोधिएको भोलिपल्ट बिहीबार साँझ दुवै अस्पतालले लिखित स्पष्टीकरण बुझाएका छन्। 

स्पष्टीकरण सोधिनुको कारण थियो, दुबै अस्पतालले महाव्याधिको यो बेलामा मनपरी शुल्क असुलेर लुटधन्दा चलाइरहेको ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालले कोभिड बिरामीको उपचारका लागि एउटै बेडको एकै रातको ५० हजार रुपैयाँसम्म लिने गरेको र केएमसीले एकजना कोभिड बिरामीबाट एउटा बेडको दैनिक तीस हजारसम्म असुल्दै आएको सार्वजनिक भएको थियो।

दुवै अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा स्पष्टीकरण बुझाइएको र तोकिएभन्दा बढी शुल्क नलिइएको दावी गरिएको छ। दुवैले सरकारसँग भएको सम्झौता र मापदण्डअनुसार तोकिएको शूल्कमात्रै लिएको दावी गरेका हुन्।

ह्याम्सको स्पष्टीकरणमा भनिएको छ, कोरोना संक्रमितको उपचारमा स्वास्थ्य मन्त्रालयको स्वीकृती बमोजिम नै शुल्क लिइएको छ। सरकारले तोकेअनुसार दैनिक ७ हजार रुपैयाँ लिने गरेको र उक्त बेडमा अक्सिजनसहितको उपचार गरिएको, त्यस्तै क्याबिनको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृती बमोजिम थप रकम लिन पाउने व्यवस्था अनुरुप वैज्ञानिक हिसाबले शुल्क तोकिएको जनाएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्माले स्पष्टीकरणको जवाफ पठाएका हुन्। 

जवाफमा गुणस्तरीय र इन्फेक्सनसहित सेवा दिनुपर्ने र खर्च पनि उल्लेख्य वृद्धि भएकाले अस्पतालले क्याबिनमा उपचार गराउनेहरुसँग बढी शुल्क लिनुपर्ने बाध्यता रहेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, केएमसीले पनि लिखित स्पष्टीकरणमा शुल्क बढी नलिएको बरु सम्झौता अनुरुप भए नभएको जाँच गर्न भनि सम्झौतानै प्रकाशन गरेको छ। 

तथापि जे जसो भए पनि कोरोना भाइरसको दोस्रो तरंगले विश्व आक्रान्त बनिरहेका बेला विभिन्न मुलुकका सरकार, अस्पताल र चिकित्सकले दिलोज्यान दिएर विपद्को सामना गरिरहेका बेला नेपालमा भने शुल्क आतंक हुनु लज्जाको विषय हो। मेरो तर्फबाट कति सहयोग गर्न सक्छु भनेर कम्मर कसेर संक्रमण नियन्त्रण गर्न लाग्नुपर्नेमा जनताको यतिबेलाको भरोसाको केन्द्र नै लुट धन्दामा लागेपछि मुलुककै स्वास्थ्य क्षेत्र बदनाम भएको जनगुनासो छ।
र यो पनि

कोभिड उपचारका नाममा ह्याम्स र केएमसी अस्पतालको लुटधन्दा, एउटा बेडको दैनिक शुल्क ५० हजार!

Logo