चितुवाको छालासहित दुई जना पक्राउ

चितुवाको छालासहित दुई जना पक्राउ


कीर्तिपुर नगरपालिका-३ ढल्पामाबाट १ थान चितुवाको छालासहित सोही नगरपालिका-७ पाँगा बसपार्क बस्ने दार्चुला मार्मा गाउँपालिका-१ घर भएका २३ वर्षीय गिरिजा सिंह ठगुन्ना सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त छालासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Logo