सोलुखुम्बुमा आज करेन्ट लागेर दुई जनाकाे मृत्यु

सोलुखुम्बुमा आज करेन्ट लागेर दुई जनाकाे मृत्यु


सोलुखुम्बुकाे पत्तालेमा आज बिहान करेन्ट लागेर २ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायवउपरीक्षक कवित कटुवालका अनुसार उनीहरू गाडीमा एउटा मेसिन बोकेर जाँदै गर्दा करेन्ट लाग्न पुगेकाे हाे । उनीहरू सवार गाडीमा रहेकाे एउटा मेसिनले ३३ हजार भोल्टकाे तर छुँदा उनीहरूकाे मृत्यु भएकाे हाे ।

प्रहरी प्रमुख कवित कटुवालका अनुसार मृतकहरूकाे पहिचान भइसकेकाे छ  । उनका अनुसार स्याङ्जाका रामबहादुर परियार र बागलुङका भूमिराज मरासैनीकाे मृत्यु भएकाे हाे । उक्त दुर्घटना आज बिहान ९ बजे भएकाे हाे । 

 

Logo