फिफा विश्वकप : युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक

फिफा विश्वकप : युरोपियन छनोटको ‘ड्र’ सार्वजनिक


काठमाडौं ।

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि युरोपियन छनोटको समूह विभाजन भएको छ । यूईएफएले सोमबार राति समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको हो ।

सार्वजनिक समूह विभाजन अनुसार युरोपका ५५ राष्ट्रलाई १० समूहमा विभाजित गरिएको छ । छनोटका खेल सन् २०२१ को मार्चबाट सुरु हुनेछ । समूहको शीर्ष टिमले सिधै विश्वकपमा स्थान बनाउने छन् । समूहको दोस्रो स्थानमा रहने टिमले भने नेसन्स लिगका दुई टोली सम्मिलित अर्को छनोट खेल खेल्नेछन् ।

कुन समूहमा कुन कुन टिम ?
समूह ‘ए’ – पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जेमबर्ग, अजरबैजान
समूह ‘बी’ – स्पेन, स्विडेन, ग्रिस, जर्जिया, कोसोभो
समूह ‘सी’ – इटाली, स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुआनिया
समूह ‘डी’ – फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना, काजकास्तान
समूह ‘इ’ – बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस, एस्टोनिया
समूह ‘एफ’ –डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड, मोल्डोभा
समूह ‘जी’ – नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया, जिब्रालटार
समूह ‘एच’ – क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस, माल्टा
समूह ‘आई’ –इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा, सान मारिनो
समूह ‘जे’ –जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया, लिक्टेन्स्टाइन

Logo