अमिर बम्जनको नयाँ गीत ‘घुम्न आउँदा मैच्याङ’ (भिडियोसहित)

अमिर बम्जनको नयाँ गीत ‘घुम्न आउँदा मैच्याङ’ (भिडियोसहित)


काठमाडौं ।

पछिल्लो समय नेपाली गीत संगीतको बजारमा दिन प्रतिदिन नयाँ नयाँ गीतहरु सार्वजनिक हुन थालेको छ । गीत मात्र नभइ गीतको म्युजिक भिडियो समेत एकैचोटी आउन थालेको छ ।

विशेषगरि म्युजिक भिडियोहरु चाडपर्वमा आउने समय पनि मानिछ । त्यस्तै आ–आफ्नो संस्कृति झल्काउने गीतहरु पनि बजारमा प्रशस्तै हेर्न सक्छौं । यसै बीचमा मकवानपुर जिल्ला थाहा नगरपालिका निवासी अमिर बम्जनको तामाङ संस्कृतिमा आधारित नयाँ गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियो :

बहुप्रतिभाशाली अमिर बम्जन शारीरिकरुपमा अपाङ्गता भएका व्यक्ति हुन् तर उनी कविता लेख्ने, विभिन्न किसिममका चित्रहरु बनाउने र गीत पनि गाउने गर्छन् । धेरै कलाले भरिपूर्ण अमिरले आफ्नै शब्द, संगीत र स्वरमा रहेको ‘घुम्न आउँदा मैच्याङ’ बोलको गीतको म्युजिक भिडियो थाहा एक्सप्रेस नामक युट्युब च्यानलमा मार्फत सार्वजनिक गरिएको छ ।

गीत जति रमाईलो छ भिडियो पनि रमाइलो तरिकाले तयार पारेको देख्न सकिन्छ । तामाङ संस्कृति दर्शाउने दृश्यहरु भिडियोमा देख्न सकिन्छ । म्युजिक भिडियोमा रबि जिम्बाको निर्देशन, सर्मिला तामाङको कोरियोग्राफी, सनुप श्रेष्ठको छायांकन र सम्पादन रहेको छ । त्यस्तै सर्मिला तामाङको मेकअप रहेको छ भने, भिडियोमा महेश तामाङ, सर्मिला तामाङ, बिबेक तामाङ, ज्योती स्याङ्तान लगायतका स्थानीय कलाकारहरुको अभिनय रहेको छ ।

र याे पनि :

 

Logo