बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनेता रणवीर सिंहको सम्बन्धले गर्दा निकै चर्चामा रहेकी छिन् । दीपिका र रणवीरका फ्यानहरु र बलिउड फिल्म इन्डस्ट्रीका हस्तिहरुको लामो समय देखिको पर्खाइ अन्त्य भएको छ । "/>

दीपिका र रणवीरको विवाह पक्का : इटालीमा विवाह गर्दै

दीपिका र रणवीरको विवाह पक्का : इटालीमा विवाह गर्दै


बलिउड अभिनेत्री दीपिका पादुकोण अभिनेता रणवीर सिंहको सम्बन्धले गर्दा निकै चर्चामा रहेकी छिन् । दीपिका र रणवीरका फ्यानहरु र बलिउड फिल्म इन्डस्ट्रीका हस्तिहरुको लामो समय देखिको पर्खाइ अन्त्य भएको छ । अन्ततः उनीहरुले आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् ।

यस्तैमा आईतबार करिब ४ बजे दीपिकाले आफ्नो सामाजिक सञ्जाल इन्सटाग्राममा बिहेको कार्डको तस्विर सार्वजनिक गरेकी छिन् । यस पोस्टमा दीपिकाले खुलेआम लेखेकी छिन् ‘हामी यहि नोभेम्बर १४/१५ तारिखमा बिवाह बन्धनमा बाधिंदै छौं ।’

इटालीमा विवाह गर्दै

दीपिका र रणवीरको बिवाह इटालीको लेक कोमामा हुने पक्का भएको छ । उनीहरुको विवाहको कार्यक्रम ४ दिन सम्म चल्नेछ । विवाहको कार्यक्रम हिन्दू रितिरिवाज अनुसार हुने बताइएको छ । विवाहमा उनीहरुका परिवारका अलावा उनीहरुको नजिकका साथीहरुको उपस्थिती रहनेछ । विवाहपछि नव बिवाहित जोडी भारत आएर रिसेप्सन पार्टी दिने बताइएको छ । साथै एउटा रिसेप्सन पार्टी मुम्बईमा र अर्को बैंगलोरमा हुने भारतिय मिडियामा उल्लेख छ ।

फिल्म रामलीलाको सुटिङबाट सुरु भएको लभ स्टोरी

दीपिका र रणवीरको लभ स्टोरी संजय लीला भंसालीको फिल्म ‘गोलियो की रासलीला रामलीला’ को सुटिङको समयबाट सुरु भएको थियो । यो फिल्म पछि दुवै जना भंसालीको अर्को पिरियोडिक फिल्म बाजीराव मस्तानी र पद्यावतमा पनि एकसाथ काम गरेका थिए ।
एजेन्सी

 

 

Skip This
Logo