1
0
Shares

चेल्सीका मुख्य प्रशिक्षक टुचेल बर्खास्त

1
1
1

इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ ।

च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो खेलमै क्रोएसियन क्लब डिनामो जाग्रिवसँग पराजित भएपछि चेल्सीले प्रशिक्षक टुचेललाई बर्खास्त गरेको हो । मंगलबार राति भएको खेलमा चेल्सी १० ले स्तब्ध बनेको हो । 

जर्मनीका ४९ वर्षीय प्रशिक्षक टुचेलले पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आएकै सिजनमा चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । चेल्सीले यो सिजन प्रिमियर लिगमा ६ खेलबाट १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । 

प्रकाशित: २२ भदौ २०७९ १५:४४ बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी