साबा महिला बास्केटबलमा नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स, शुक्रबार माल्दिभ्स जाँदै

साबा महिला बास्केटबलमा नेपालको पहिलो प्रतिद्वन्दी माल्दिभ्स, शुक्रबार माल्दिभ्स जाँदै


साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । 

आयोजक माल्दिभ्स बास्केटबल एसोसियसनले बिहीबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो प्रतिद्वन्दी घरेलु टोलीलाई पाएको हो । नेपाल र माल्दिभ्सबीचको खेल आगामी आइतबार हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स जाने छन् ।

नेपालले सदिना श्रेष्ठको कप्तानीमा प्रतियोगिता खेल्ने छ । नेपाली टोलीमा कप्तान सदिनासँगै एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् । प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् ।
 

Logo