१२ असोज २०७९ बुधबार
1
1
1
1

नेपालगन्ज म्याराथनले पायो अन्तर्राष्ट्रिय मान्यता

1
1
1
1

नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।

विश्व एथ्लेटिक्सको सर्वोच्च निकाय वर्ल्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश (एम्स)ले नेपालगन्ज म्याराथनलाई मान्यता दिएको हो । बिहीबार राति मात्र एम्सको पत्र र प्रमाणपत्र प्राप्त भयो,’ नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले भने, ‘चार वटा विधाको अलगअलग प्रमाणपत्र पाएका छौं ।’

एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौडको रुट प्रमाणीकरण भएको हो । एम्सका कोर्ष म्यानेजर आमिर सान्डिवानले भदौ १२ गते सुर्खेतरोड स्थित रुट मापन गरेर रिपोर्ट बुझाएका थिए । वर्ल्ड एथ्लेटिक्सका इन्टरनेसनल मेजरमेन्ट एडमिनिस्ट्रेटर डेभ कुन्डीको हस्ताक्षरित प्रमाणपत्र प्राप्त भएको हो ।

नेपालगन्ज उपमहानगरपालिका देखि सुरु भइ जानकी गाउँपालिकाको केही भुभाग हुँदै कोहलपुर नगरपालिकाको कार्यालय देखि करिब चार किलोमिटर उत्तर तर्फ बानियाभार पुगेर पुनः सोही रुट हुँदै बीपी चोकमा पुगेर सम्पन्न हुनेगर्दछ ।

आठौं धारा नेपालगन्ज म्याराथन यही मंसिर २४ गते हुँदैछ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शनिवार हुँदै आएको म्याराथन यसबर्ष आम निर्वाचनका कारण यसपटक मंसिर २४ गते हुने भएको हो ।

गत वर्ष झैं यस वर्ष पनि विभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिएको छ । पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौड भने बाँके जिल्ला स्तरीय मात्र हुनेछ ।

केही विधातर्फ नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको छ ।
 

खेलकुद

प्रकाशित: ६ असोज २०७९ २१:१६ बिहीबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी