साबा महिला बास्केटबलमा नेपालले आज श्रीलंकासँग खेल्दै

साबा महिला बास्केटबलमा नेपालले आज श्रीलंकासँग खेल्दै


साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले आज मंगलबार दोस्रो खेल खेल्दैछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकाको राति सवा ९ बजे सामना गर्नेछ । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाल पहिलो खेलमा आयोजक माल्दिभ्ससँग ५१-४७ ले पराजित भएको थियो । 

नेपाल मंगलबार पहिलो जितको खोजीमा रहेको छ । भुटानविरुद्ध सहज जित निकालेको श्रीलंकाविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुने छैन ।

४ राष्ट्र सहभागी प्रतियोगिताको अन्तिम खेलमा नेपालले भुटानसँग बुधबार खेल्नेछ । प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स पुगेका थिए । 
 

Skip This
Logo