एल क्लासिको भिडन्तः रियलको पल्ला भारी

एल क्लासिको भिडन्तः रियलको पल्ला भारी


रियल म्याड्रिड र बार्सिलोनाबीचको एल क्लासिको भिडन्तमा आज राति प्रतिस्पर्धा गर्दैछन् । खेल राति ८ बजे मड्रिडको गृहमैदान सान्टिआगो बर्नाडेउमा सुरु हुनेछ । 

यी दुई क्लबहरुबीचको आजको खेल २५०औं भेट हो । ला लिगामा मात्रै उनीरुको भेट १८५ पटक भएको छ । जारी सिजन गोल अन्तरमा बार्सिलोना शीर्ष स्थानमा छ । बार्सिलोनाले गत सिजन मार्चमा रियलसँगको भेटमा ४–० को जित निकालेको थियो । 

हेड टू हेड रेकर्ड
रियल म्याड्रिड हाल ला लिगाका बार्सिलोनाविरुद्ध भएको १८४औं भेट मध्ये ७६–७३ ले अगाडि रहेको छ । समग्रमा रियल म्याड्रिड र बार्सिलोनाविरुद्ध २४९ पटक भेट भएको छ जसमा मड्रिड १००–९७ ले अगाडि रहेको छ । रियल म्याड्रिडले आफ्ना पछिल्ला पाँच क्लासिको भेटमध्ये चार जितेको छ । रियलले अघिल्लो सिजन बार्सिलोनासँग ०–४ को हार व्यहोरेको थियो ।

बार्सिलोनाको भेट सान्टियागो बर्नाबेउमा
रियल म्याड्रिडले आफ्नो घरेलु मैदानमा भएको ला लिगाका ९२ भेटमा बार्सिलोनाविरुद्ध ५४ खेलमा जित निकालेको छ । जसको अर्थ बार्सिलोनाले २३ अबे खेलमा मात्र जित निकाल्न सकेको छ । समग्रमा बर्नाबेउमा बार्सिलोनको जित र हारको रेकर्ड ३०–६६ रहेको छ । पछिल्लो पटक बार्सिलोनाले बर्नाबेउमा सन् २०१९ मा जित हात पारेको थियो । 

एल क्लासिको तथ्याङकमा
१. ला लिगामा रियल र बार्सिलोना १८४ पटक भेटेका छन् । दुवै क्लबले एकअर्काविरुद्ध समान संख्यामा गोल गरेका छन् । 

२. एल क्लासिकोमा लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको युग समाप्त भएको छ । यस पटकको एल क्लासिकोमा रियलबाट करिम बेन्जेमा र बार्सिलोनाबाट रोबर्ट लेवान्डोस्की एक अर्कासँग भिड्दैछन् । लियोनल मेस्सी एल क्लासिको खेलहरुमा २६ गोलका साथ शीर्ष स्कोरर रहेका छन् भने रोनाल्डोले १८ गोल गरेका थिए । ला लिगामा हाल सक्रिय खेलाडीहरूमध्ये बेन्जेमा ११ गोलका साथ शीर्ष स्थानमा छन्, जुन समग्रमा छैटौं–उच्च गोल हो । अर्कोतर्फ लेवान्डोस्की पहिलो पटक ला लिगामा खेलिरहेका छन् । यो सिजन लिगमा उनले ९ गोल गरिसकेका छन् । जुन ला लिगामा सबैभन्दा धेरै हो ।

३. बार्सिलोनाका सर्जियो बुस्केट्स आइतवार आफ्नो क्यारियरकै एल क्लासिको भेटमा ४४ औं पटक उपस्थिति हुदैछन् । यसले उनलाई मेस्सी र सर्जियो रामोसको संयुक्त कीर्तिमानको रूपमा दोस्रो स्थानमा उभ्याउने छ ।

४. यदि आजको खेल बार्सिलोनाले जित्यो भने, बुस्केटले फ्रान्सिस्को गेन्टोको नाममा रहेको ४२ खेलमा २१ जित गर्ने रेकर्ड बराबरी हुनेछ ।  

 

Logo