शार्दुलको सान

शार्दुलको सान


कम समयमै भारतीय क्रिकेटमा उत्कृष्ट प्रदर्शनका कारण चर्चा कमाइरहेका अलराउण्डर खेलाडी हुन् शार्दुल ठाकुर । यीनलाई अहिले अन्तर्राष्ट्रिय स्तरमा मिडियम फास्ट बलरका रुपमा चिनिने गरिन्छ ।

आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सबाट उनी खेल्दैछन् ।
दिल्ली क्यापिटल्सले शार्दुललाई आफ्नो टिममा अनुबन्ध गरेको छ । चेन्नई सुपर किङ्सका पूर्व खेलाडीलाई दिल्लीले गत वर्षको अक्सनबाट अनुबन्ध गरेको हो । शार्दुलले गुजरात टाइटन्स र पन्जाब किङ्सबाट समेत आईपीएल खेलिसकेका छन् ।

भारतको महाराष्ट्रमा बस्ने शार्दुल क्रिकेटका लागि हरेक दिन १०० किलोमिटरको यात्रा गर्थे । उनको त्यही मेहनतका कारण आज उनी भारतीय क्रिकेटमा उदाउँदा तारा बनेका छन् । सन् १९९१ को अक्टूबर १६ मा भारतको महाराष्ट्र पाल घरमा जन्मिएका शार्दुलका पिता किसान थिए । स्कूल पढ्ने समयदेखि नै क्रिकेटर बन्ने उनको चाहनालाई परिवारले पनि साथ दिएको थियो । 

उनको क्रिकेटप्रतिको यही लगावका कारण उनले २०१६ मा डेव्यु गरेपनि खेल्ने मौका भने सन् २०१७ मा श्रीलंका विरुद्ध मात्र पाएका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धीका सामू दमदाररुपमा प्रस्तुत भएका कारण उनले सन् २०१४ को आइपिएल खेल्ने मौका पाए । उनको उत्कृष्ट प्रदर्शनीलाई हेरेर किङ्स इलेवन पंजाबले २० लाख रुपैयामा किन्यो । त्यस खेलमा उनले एउटा खेलमा मात्रै खेल्ने मौका पाए । त्यसपछि राइजिंग स्टार पूणेको साथमा केही वर्ष रहेर २०२१ मा चेन्नाइ सुपर किङ्स (सिएसके) को तर्फबाट खेलेका थिए । 

निरन्तरको अथक मेहनतका कारण उनको चर्चा चारैतर्फ भयो । सोही कारण भारतीय क्रिकेटका सबैभन्दा सफल कप्तानका रुपमा परिचित धोनीसँग खेल्ने अवसर पाए । उनले आफ्नो करियर रणजी ट्र«फी हुदैँ आइपिएल क्रिकेटका साथैँ टेस्टमा पनि आफ्नो जादु देखाउन भ्याईसकेका छन् ।  
एकपछि अर्को सफलता हासिल गर्दै गइरहेका शार्दुल सन् २०२३ मा हुने आइपिएलमा कोलकाताबाट खेल्ने भएका छन् । आईपीएल मिनी अक्शनमा कोलकाता नाइट राइडर्सका ट्रेड विंडोकातर्फबाट शार्दुललाई सामेल गरिसकेको छ ।  

एउटा किसान परिवारमा जन्मिएर यति धेरै सफलता हासिल गर्न र्शादुललाई त्यति सजिलो भने थिएन । तर उनले संघर्ष गर्नबाट पछि हटेनन् सोही कारण आज उनी विश्वभर चर्चित भएका छन् ।  लामो समयको संघर्ष र अथक प्रयासपछि शार्दुलले भारतीय क्रिकेटमा आफ्नो गहिरो छाप छोड्न सफल भइसकेका छन् । क्रिकेटबाट पाएको सफलताका कारण उनलाई अहिले नचिन्ने कमै होलान् । 

देश–विदेशका हरेक ठाउँका युवावर्गले यिनलाई आफ्नो आइडल मान्ने गरेका छन् । अहिले उनका फ्यान फलोअर्स बढ्दै गएका छन् । आफ्नो आइडल सचिन तेन्दुलकरलाई मान्ने शार्दुल सचिनको पथमा हिँडिरहेका छन् ।। 

 

Logo