रोनाल्डोको कप्तानीमा पोर्चुगलले पहिलो विश्वकप जित्ला ?

रोनाल्डोको कप्तानीमा पोर्चुगलले पहिलो विश्वकप जित्ला ?


कतार विश्वकप भोली (आइतबार)बाट कतारको अल बायट स्टेडियममा हुँदैछ । नेपाली समय अनुसार भोली बेलुकी पौने १० बजे सुरु हुने विश्वकपमा क्रिष्टियानो रोनाल्डोको पोर्चुगल पनि निकै उपाधि दाबेदारका रूपमा प्रस्तुत हुनेछ ।

सन् २०१८ मा रुसमा सम्पन्न विश्वकपकाे भन्दा पोर्चुगलको अहिलेको टोली धेरै राम्रो बनेको छ । सो संस्करणको विश्वकपमा पोर्चुगल उरुग्वेसँग २–१ ले हार्दै अन्तिम–१६ बाटै बाहिरिएको थियो । सन् २०१६ को युरोकप  विजेता पोर्चुगल सन् २०१८ विश्वकपको मुख्य दावेदार टोली थियो । तर नतिजा पोर्चुगलले सोचे जस्तो भएन र सो संस्करणमा पोर्चुगलले अन्तिम–१६ भन्दा माथिको यात्रा गर्न सकेन । त्यसअघि ब्राजिलमा सम्पन्न सन् २०१४ को विश्वकपमा पनि पोर्चुगल समुह चरणमै जर्मनीसँग ४–० को लज्जास्पद हार बेहोर्दै बाहिरिएको थियो । 

पोर्चुगलको टोलीमा यो पटक पनि पुरानै खेलाडी र प्रशिक्षकको बाहुल्यता रहेको छ । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले सन् २०१६ मा पोर्चुगलका लागि पहिलो पटक युरो कप जितेका थिए । प्रशिक्षक सान्तोसमाथि विश्व स्तरिय टिम बन्न सक्ने खेलाडीहरु रहँदा पनि उत्कृष्ट -११ को टिम बनाउन नसकेको आरोप कहिलेकाँही लागिरहेको हुन्छ । 

पोर्चुगल यो संस्करणको विश्वकपमा सहज ग्रुपमा परेको छ । उसका लागि यस ग्रुपमा प्रतिस्पर्धीका रुपमा लुइस स्वारेज र एडिसन काभानिको टिम उरुग्वेलाई मानिएको छ । उरुग्वे बाहेक समूह ‘एच’ मा दक्षिण कोरिया र घाना रहेका छन् । पोर्चुगलको टोली सन् १०१६ मा पहिलो पटक युरोकप जितेपछि संगठित हुन सकेको छैन । यस्तो अवस्थामा भोली देखि सुरु हुने कतार विश्वकपमा पोर्चुगलको टोली कुन चरणसम्म जान सक्छ भन्ने यकिनका साथ भन्न सकिने अवस्था छैन । व्यक्तिगत चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै पोर्चुगलबाट कुन खेलाडी चम्किएलान् ? सबैको नजर त्यसैमा हुनेछ । हामीले कतार विश्वकपमा पोर्चुगलबाट हेर्न लायक केही खेलाडीको सूची प्रस्तुत गरेका छाैं-

१. क्रिष्टियानो रोनाल्डो 

क्रिष्टियानो रोनाल्डो कतार विश्वकपका सबैभन्दा ठुला स्टारमध्येका एक हुन् । उनी विश्व फुटबलका सर्वकालीन महान खेलाडीमध्येमा पर्छन् । रोनाल्डोले पोर्चुगलका लागि अहिलेसम्म १८९ खेल खेल्दै ११७ गोल गरिसकेका छन् । रोनाल्डोले पछिल्ला १७ अन्तर्राष्ट्रिय खेलमा १५ गोल गरेका छन् । ३७ वर्षको उमेरमा पनि उनी उत्कृष्ट स्ट्राइकरहरूमध्ये एकमा पर्छन् । उमेरले ३७ बसन्त पार गरिसकेका रोनाल्डोका लागि यो विश्वकप अन्तिम हुने पक्का पक्की छ । किनकी अर्को संस्करणको विश्वकपसम्म उनी ४१ का भई सक्छन् सोहि कारण रोनाल्डो यो संस्करणको विश्वकपमा आफ्नो १०० प्रतिशत दिन चाहन्छन् ।  

स्पेनिस खेलकुद दैनिक ‘एएस’ सँगको अन्तर्वार्ताका क्रममा रोनाल्डोले भनेका छन्- “पोर्चुगलका लागि विश्वकप जित्नु मेराे सधैंको सपना हो, मैले पोर्चुगलका लागि नेसन्स लिग सहित दुई ठुला उपाधि जितिसकेको छु, अब म देशका लागि विश्वकप जित्न चाहन्छु ।”

२. ब्रुनो फर्नान्डेज  

पोर्चुगलका अर्का मिडफिल्ड हुन् ब्रुनो फर्नान्डेज । फर्नान्डेज आफ्नो गोल स्कोरिङ, प्लेमेकिंग, नेतृत्व सम्हाल्न सक्ने खुबी, उत्कृष्ट पेनाल्टी टेकिङका लागि परिचित छन् । सन् २०२० मा म्यानचेस्टर युनाइटेड आएपछि उनले ९९ खेल खेल्दै ३८ गोल गरिसकेका छन् । यता राष्ट्रिय टिमका लागि भने उनले ४८ खेल खेल्दै ९ गोल मात्र गरेका छन् । कतारमा हुन गईरहेको विश्वकपमा ब्रुनोको फर्म र खेल कौशलका कारण उनले पोर्चुगलको यात्रालाई लुसेल स्टेडियमसम्म लान सक्छन् कि सक्दैनन् त्यो भने हेर्न बाँकी नै रहेको छ ।

३. पेपे 

पेपे आधुनिक फुटबलका एक उत्कृष्ट डिफेन्डरका रुपमा चिनिन्छन् । उनलाई विश्व फुटबलमा धेरै खेलाडीहरुले घृणा गर्छन । किनकी उनको ट्याकल गर्ने शैली निकै खतरनाक हुन्छ । स्पेनिस क्लब रियल मड्रिडमा रहँदा उनी जनावर उपनामले चिनिन्थे । ३९ वर्षियका उनका लागि पनि यो विश्वकप अन्तिम हुनेछ । हाल पोर्टोमा खेलिरहेका उनी विश्व फुटबलका उत्कृष्ट खेलाडी  रोनाल्डो र मेस्सीको नजिक रहेर धेरै खेल खेलेका छन् । सोहि कारण उनको अनुभव पोर्चुगलका लागि निकै महत्वपुर्ण हुनेछ । पोर्चुगलले सन् २०१६ मा युरो कप जित्दा पेपे पोर्चुगलका लागि महत्वपुर्ण खेलाडी थिए । 

४. बर्नाडो सिल्भा 

सन् २०१७ मा म्याचेस्टर सिटीमा अनुबन्ध भएका बर्नाडो सिल्भा पोर्चुगलका मुख्य अट्याकिङ मिडफिल्डर मध्येका एक हुन । उनी म्याचेस्टर सिटी र पोर्चुगलका मुख्य स्ट्राईकरका रुपमा मैदानमा उत्रन्छन् । उनले सिटीका लागि हालसम्म १७७ खेलमा ३१ गोल र ३३ असिस्ट् गरेका छन् । क्लबका लागि सधैँ उत्कृष्ट प्रर्दशन गर्दै आएका बर्नाडो देशका लागि भने सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन् ।  ३८ वसन्त पार गरिसकेका बर्नाडो यो संस्करणको विश्वकप जिताउँदै रोनाल्डोलाई सुखद बिदाई दिन चाहन्छन् । आफ्नो करिअरको पुर्वाधमा क्लब बेन्फिका, मोनाको हुँदै म्याचेस्टर सिटी आएका बर्नाडो अहिले पोर्चुगलको गोल्डेन जेनरेसनलाई प्रतिनिधित्व गर्दै पोर्चुगलको यात्रालाई लुसेलसम्म लान चाहन्छन्। 

५. रुई प्याट्रिसियो 

पोर्चुगललाई सन् २०१६ मा युरो कप दिलाउन उत्कृष्ट भुमिका निभाएका पोर्चुगीच गोल किपर रुई प्याट्रिसियो देशका लागि मुख्य सदस्य हुन् । उनकै अभुतपूर्व गोलकिपिङ प्रर्दशनले पोर्चुगलले सन् २०१६ को युरोकपमा फ्रान्सलाई १–० गोलले हराउँदै युरो र सन् २०१९ मा नेदरल्यान्डलाई पनि १–० ले नै हराएर नेसन्स कप जिताएका थिए । पोर्चुगलका लागि हालसम्म ९७ खेल खेलिसकेका उनलाई पोर्चुगीच फुटबल इतिहासमा उत्कृष्ट खेलाडीका रुपमा हेरिन्छ । ३४ प्याट्रिसियो सन् २०१८ को विश्वकप संस्करणमा पनि पोर्चुगल टिमको सदस्य थिए । प्याट्रिसियो यस संस्करणको विश्वकप पोर्चुगल जिताउँदै गोल्डेन ग्लोभ्समा आफ्नो दाबेदार प्रस्तुत गर्न चाहन्छन्।  

 

Logo