५६ वर्षपछि इङ्ल्याण्डले विश्वकपको ट्रफि जित्ला ?

५६ वर्षपछि इङ्ल्याण्डले विश्वकपको ट्रफि जित्ला ?


सन् २०१८ रुस विश्वकपमा इङ्ल्याण्ड सेमिफाइनल मै रोकिएको पनि ४ वर्ष भईसकेको छ । सो संस्करणको विश्वकपमा क्रोएसियासँग २–१ को हार ब्यहोर्दो बाहिरिएको थियो इङ्ल्याण्ड ।

यस्तै सन् २०२० को युरोकप फाइनलमा इटालीसँग निर्धारित समयमा बराबरी गोल गरेपछि अतिरिक्त समयमा धकेलिएको खेलमा पेनाल्टी शुटआउटमा ३–२ गोलले हारेको पनि २ वर्ष भइसक्यो । सोहि हारको बदला महिला फुटबल टोलीले सन् २०२२ को युरोकप फाइनलमा जर्मनीलाई २–१ गोलले हराउँदै लिएको थियो ।

इङ्ल्याण्डको फिफा विश्वकपमा प्रदर्शनी हेर्ने हो भने ऊ सन् २००६ को विश्वकपमा पोर्चुगल पेनाल्टी सुटआउटमा ३–१ गोलले हार्दै क्वाटरफाइनलबाटै बाहिरिएको थियो । यस्तै सन् २०१० को विश्वकपमा राउण्ड अफ १६ को खेलमा बलियो जर्मनीसँग ४–१ गोलले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

यसैगरी ब्राजिलमा सम्पन्न सन् २०१४ को विश्वकपमा इङ्ल्याण्ड समुह चरणबाटै चौथौं हुदौं बाहिरिएको थियो । यस्तै पछिल्लो संस्करणको विश्वकपमा इङ्ल्याण्ड चौंथो भएको थियो । इङ्ल्याण्डले विश्वकपको उपाधि नजितेको पनि ५६ वर्ष भईसक्यो । अघिल्लो संस्करणमा सहभागी खेलाडी र युवा खेलाडी सम्मेलित इङ्ल्याण्डले ५६ वर्षपछि पूनः सफलता दोहोर्याउन सक्लान् ? 

इंग्ल्याण्डको लुसेल (फाइनल खेल हुने मैदान) सम्मको यात्रा…
समूह ‘बी’ मा इंग्ल्याण्डले आफ्नो समुहमा अमेरिका, इरान र ‘होम नेशन’ वेल्ससँग खेल्नुपर्छ । इंग्ल्याण्डका लागि इरान प्रतियोगितामा बिल्कुलै नयाँ प्रतिद्वन्द्वी हो । किनकि यी दुई राष्ट्रहरूले कहिल्यै एकअर्कासँग प्रतिस्पर्धा गरेका छैनन् । यस्तै इंग्ल्याण्डको भेट अमेरिकासँग भने सन् २०१० संस्करणको विश्वकपमा भएको थियो । समुहचरणको सो भेटमा दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । 

यसै गरी इङ्ल्याण्डको तेस्रो खेल वेल्ससँग रहेको छ । इङ्ल्याण्डको तेस्रो खेल सन् १९५८ पछि ‘होम नेशन’ विरुद्ध पहिलो हुनेछ । विश्वकप इतिहासमै यस्तो विरलता दोस्रो पटक हुनेछ । यो संस्करणमा बेल्सलाई सन् २०१६ युरो कपमा इङ्ल्याण्ड विरुद्ध २–१ हारको बदला लिने ठुलो अवसर हुनेछ ।

 

यदि इङ्ल्याण्ड समूहचरणमा पहिलो भएमा उसले समूह ‘ए’ को उपविजेता कतार, सेनेगल, नेदरल्यान्ड्स वा इक्वेडरको सामना गर्नुपर्ने हुन्छ । यदि इङ्ल्याण्ड आफ्नो प्रतिद्धन्दी राष्ट्रहरुलाई जित्दै गएमा उसले अल बेत स्टेडियममा सम्भावित क्वार्टर फाइनल र सेमिफाइनल हुदै पुस ३ गते लुसेल स्टेडियमा हुने फाइनल खेलमा पुग्नेछ । 

प्रमुख खेलाडीहरू…
इङ्ल्याण्डको अहिलेको पुस्ता सबैभन्दा बलियो खेलाडीहरूले भरिएको छ । जसको नेतृत्व गर्ने जिम्मा प्रशिक्षक ग्यारेथ साउथगेटको काधँमा छ । इङ्ल्याण्डको मुख्य हतियार भनेको उसको क्याप्टेन ह्यारी केन नै हुन् । ह्यारी केनले सन् २०१८ रसियामा भएको विश्वकपमा गोल्डेन बुट जितेका थिए । अर्थात उनी सो विश्वकपकै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए । यस्तै सन् २०२२ को युरोकप फाइनल खेलसम्म इङ्ल्याण्डलाई फाइनल पुर्याउन पनि कप्तानको भुमिका महत्वपूर्ण थियो । 

यदि इङ्ल्याण्डले विश्वकपको ट्रफि उठाउन चाहन्छ भने ह्यारी केन फिट र लयमा रहन निकै आवश्यक छ । हुनत फुटबल एक खेलाडीमा निर्भरभई खेलिने खेल होइन । सोहि कारण उनको सहकर्मी साथी रहिम स्टर्लिङ, फिल फोडेन र बुकायो साका जस्ता फरवार्डहरुको साथ रहेमा यो संस्करणको विश्वकपमा इङ्ल्याण्डले उपाधि जित्न धेरै कसरत गर्न नपर्ने देखिन्छ ।

प्रशिक्षक साउथगेटको मुख्य दुविधा भनेकै खेलाडी चयनमा हुने देखिन्छ किनभने उनीसँग उत्कष्ट खेलाडीहरुले भरिएको बलियो र युवा टोली छ । त्यसोभए के इङ्ल्याण्डले यो संस्करणको विश्वकप जित्ला ? त्यो भने समयले बताउनेछ ।

 

Skip This
Logo