६४ वर्षपछि सहभागी वेल्सले कतार विश्वकपमा कस्तो प्रभाव छोड्ला ?

६४ वर्षपछि सहभागी वेल्सले कतार विश्वकपमा कस्तो प्रभाव छोड्ला ?


कतार विश्वकपमा शुक्रबार बेलुकीदेखि दोस्रो चरणका खेलहरु सुरु हुदैछन् । पहिलो चरणमा ३२ राष्ट्रहरुले आ–आफ्नो समुहमा रहेका टोलीसँग प्रतिस्पर्धा गरिसकेका छन् ।

पहिलो चरणका खेल अन्त्य भएसँगै बलियो राष्ट्रहरुले एसियन डार्क हर्सको उपमा पाएका राष्ट्रहरुसँग हार बेहोरेको,कतारले पहिलो खेलमै इक्वेडरसँग हारेर पहिलो पटक विश्वकप आयोजक राष्ट्र पराजित भएको रेकर्ड राखेको र  उपाधिका दाबेदार मानिएका अर्जेन्टिना र जर्मन टोली एसियन राष्ट्रसँग लज्जास्पद तरिकाले हारेको हामिले देखिसकेका छौँ ।

पहिलो चरणका खेललाई नियाल्ने हो भने कतार विश्वकपमा एसियन राष्ट्रहरुले गहिरो छाप छोड्ने लगभग निश्चित देखिन्छ । शुक्रबारदेखि सुरु हुने खेलहरुमा पहिलो खेल वेल्स विरुद्ध इरान,(सम्पन्न भईसक्यो)  दोस्रो खेल कतार विरुद्ध सेनेगल, तेस्रो खेल नेदरल्याण्ड विरुद्ध इक्वेडर र चौथो खेलमा इङ्ल्याण्ड विरुद्ध अमेरिका आपसमा भिड्दै छन् । आज यस अंकमा हामी ६४ वर्षपछि विश्वकपमा सहभागीता जनाउन सफल राष्ट्र वेल्सका बारेमा चर्चा गर्नेछौं ।

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको पहिलो चरणमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा गत सोमबार मध्यराति भएको खेलमा वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका थिए । यस्तै आज भएको दोस्रो खेलमा वेल्स इरानसँग २–० गोलले पराजित हुदैँ निकै अप्ठेरो अवस्थामा आएको छ ।  

वेल्स ६४ वर्षपछि पहिलो पटक विश्वकपमा सहभागिता जनाएको छ । उसले पछिल्लोपटक सन् १९५८ को विश्वकपमा सहभागिता जनाएको थियो । कतार विश्वकपमा वेल्सको नेतृत्व गर्ने जिम्मा पूर्व रियल मड्रिड स्टार ग्यारेथ बेलको काँधमा छ । उनकै कप्तानीमा पहिलो चरणको खेल वेल्सले बलियो अमेरिकी टोलीलाई बराबरीमा रोकेको थियो। 

वेल्सले विश्वकप छनोट चरणमा युद्धमा होमिएको युक्रेनमाथि १–० गोलको जित निकाल्दै ६४ वर्षपछि छनोट भएको हो । सो खेलमा वेल्सका कप्तान ग्यारेथ बेलले फ्रि–किकमार्फत सुन्दर गोल गर्दै वेल्सलाई विश्वकपमा सहभागी गराउन सफल भएका थिए ।

कतारमा जारीविश्वकपमा वेल्स समूह ‘बी’ मा रहेको छ । उसको समूहमा इंग्ल्याण्ड, अमेरिका र इरान रहेका छन् ।

सन् २०१६ मा भएको यूरोकपमा वेल्स सो संस्करणको युरोकप च्याम्पियनपोर्चुगलसँग २–० गोलले पराजित भएको थियो । वेल्सले कतार संस्करणअघि सन् १९५८ मा पहिलो विश्वकप खेलेको थियो । त्यो संस्करणको विश्वकपमा वेल्सले स्वीडेन, हंगेरी र मेक्सिकोजस्ता बलिया टोलीलाई हराउदै समूह चरण पार गरेको थियो । क्वार्टरफाइनलमा उसको भेट महान् खेलाडी पेलेसम्मिलित ब्राजिलसँग भएको थियो । सोही प्रतियोगितामा पेलेले पहिलो गोल गरेका थिए । जुन विश्वकपमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान पनि हो । 

वेल्सले पछिल्ला दुई युरोकप खेलेपनि विश्वकपमा छनोट हुनभने उसले ६ दशकभन्दा बढी समय पर्खिनुपर्यो । वेल्स विश्वकपमा पहिलो पटक खेलेपछि लामो अन्तरालमा दोस्रो पटक सहभागीभएको छ ।५८ वर्षपछि वेल्स पुनः त्यही मोड्मा उभिएको छ । के वेल्सले सन् १९५८ मा पाएको उपलब्धिलाई यो संस्करणमा दोहोर्याउन सक्छ ? त्यो भने समयले नै बताउने छ । 

वेल्सका लागि मुख्य खेलाडी….
वेल्सका कप्तान बेलले आफ्नो करिअरको सुरुवात सन् २००७ मा साउथह्याम्प्टनबाट गरेका थिए । उनी कम समयमै इङ्लिस प्रिमियर लिग (इपिएल) मा चर्चित खेलाडीका रुपमा प्रसिद्ध भए। ७ सिजन टोटनह्याम बिताएका बेलले क्लबका लागि ४२ गोल र ३१ असिस्ट गरी विश्व खेलजगत्मा आफ्नो पहिचान बनाउन सफल भएका थिए । सोही प्रदर्शनका कारण उनी सन् २०११ र १३ मा इपीएल प्लेयर अफ द इअर र योङ प्लेयर अफ द इअर भएका थिए । 

बेलको उत्कृष्ट प्रदर्शन देखेर स्पेनी महारथी क्लव रियल म्याड्रिडले उनलाई कीर्तिमानी ९९मिलियन युरो तिरेर क्लवमा आबद्ध गर्यो । म्याड्रिडमा रहँदा पनि उनले १०२ गोल गरेका थिए ।

 

Logo