बाह्र वर्षमा फर्किएला त विश्वकपको उपाधि स्पेनको पक्षमा ?

बाह्र वर्षमा फर्किएला त विश्वकपको उपाधि स्पेनको पक्षमा ?


कतार विश्वकपमा दोस्रो चरणका खेलहरु सुरु भइसकेका छन् । पहिलो चरणका खेलहरु सकिँदासम्म निकै अप्रत्यासित नतिजाहरु आए । एसियन राष्ट्रहरु अमेरिकी तथा युरोपियन टोलीहरुका अघि निकै बलियो देखिदा आयोजक राष्ट्र नै प्रतियोगिताबाट बाहिरी सकेको छ । जर्मनी, अर्जेन्टिना र उरुग्वे जस्ता राष्ट्रहरु राउण्ड अफ १६ मै जान पाउलान कि नपाउलान त्यो अहिले नै भन्न सक्ने अवस्था छैन् । 

यसै विषयवस्तुलाई मध्य नजर गर्दै आज हामी समूह चरणमा सबैभन्दा बढी अर्थात ७ गोल गर्ने राष्ट्र स्पेनको बारेमा चर्चा गर्ने छौं । स्पेनले विश्वकपको ट्रफी जित्न नसकेको पनि १२ वर्ष भईसक्यो । स्पेनका प्रमुख खेलाडी जाभी, आन्र्देय इनिएस्टा, सर्जियो रामोस र इकर कासिलास जस्ता दिग्गज खेलाडीहरुले सन्यास लिएको पनि धेरै वर्ष भईसक्यो । 

स्पेनिस टोली सन् २००८ र दक्षिण अफ्रिकामा सम्पन्न सन् २०१० विश्वकपमा ‘टिकी टाका’ शैलीकै कारण युरोकप र विश्व विजेता बनेको थियो । उसले सन् २०१२ को युरोकप पनि सोही शैलीको प्रयोग गरी जितेको थियो । तर सन् २०१४ र १८ मा भने नेदरल्याण्डले टिकी टाका शैलीलाई हराउँदै स्पेनलाई समूह चरणबाटै घरतिरको बाटो देखाएका थिए । स्पेनको टोली जारी प्रतियोगितामा धेरैको रोजाइमा परेको राष्ट्र हो । उत्कृष्ट खेलाडी सम्मिलित टोली भएता पनि उसले उपाधि जित्न नसकेको १२ वर्ष भइसक्यो । 

पछिल्ला २ उपाधि स्पेनले टिकी टाका शैलीको प्रयोग गरेर जिते पनि अहिलेको संस्करणमा त्यो शैली निकै पुरानो र धेरै टोलीहरुले यो शैलीको कमजोरी पत्ता लगाइसकेकाले अब त्यो शैली काम लाग्ने छैन् । किनकी अहिलेका खेलहरु निकै प्रतिस्प्रर्धात्मक र तीव्र गतिमा खेलिने गरिन्छ । 

स्पेनको लुसेलसम्मको यात्रा
स्पेनसमूह ‘ई’मा परेको छ । जहाँउसका प्रतिद्धन्दीहरु कोस्टारिका, जर्मनी र जापान रहेका छन् । 

समूह चरणमा विश्वकै ध्यान खिच्न सक्ने खेल आज बेलुकी हुँदैछ । मध्य रातमा सुरु हुने खेलका लागि नेपाली मात्र नभएर सारा संसारका खेल प्रेमीहरुको नजर आजको खेलमा रहनेछ । यी दुई राष्ट्र सन् २००८ को युरो फाइनलमा एकअर्काको आमनेसामने भएका थिए । जसमा स्पेन १–० गोलले विजयी भएको थियो। स्पेनले समूह चरणको पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले हराउदै आफ्नो बलियो दाबेदारी प्रस्तुत गरिरकेको छ । आज हुने खेलमा यदि स्पेनले जर्मन टोलीलाई पराजित गर्न सकेमा स्पेन एक खेल बाँकीरहँदै राउण्ड अफ १६ मा जान्छ । यता जर्मनी भने आजको खेलमा पराजित भए दोस्रो पटक समूह चरणबाटै निस्कने टोली बन्नेछ । जर्मनी पछिल्लो संस्करणको विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो । यस्तै स्पेनले आफ्नो तेस्रो खेल जापान विरुद्ध खेल्नेछ । जापानले आफ्नो पहिलो खेलमा बलियो जर्मनीलाई २–१ गोलले पराजित गर्दै महत्वपूर्ण ३ अंक बटुलिसकेको छ ।  

यदि स्पेनले आफ्नो समूह टप गरेमा उसले समूह ‘एफ’को उपविजेता बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसियासँग खेल्नुपर्ने छ । यदि उसले राउण्ड अफ १६ को खेल पनि जितेमाक्वार्टरफाइनलमासमूह ‘जी’ वा ‘एच’को ब्राजिल अथवा पोर्चुगलको सामना गर्नुपर्ने छ । 

प्रमुख खेलाडीहरु
सम्भवतः यो संस्करणको विश्वकप कप्तान सर्जियो बुस्केट्सका लागि अन्तिम हुने छ । उनी सन् २०१० को विश्वकप र २०१२ को युरो जित्ने टोलीका प्रमुख खेलाडी हुन् । राष्ट्रिय टोलीबाट १ सय ३८ खेल खेलिसकेका बुस्केट्स जारी प्रतियोगितामा गहिरो प्रभाव छोड्न चाहन्छन् । 

जारी प्रतियोगितामा स्पेनको टोली युवा प्रतिभाहरुले भरिएको टोली भन्दा फरक नपर्ला ? उमेरले भर्खर १८ वर्षका भएक गाभीले स्पेनका लागि ११ खेल खेलिसकेका छन् । उनले ११खेल खेल्दै टोलीका लागि ३ महत्वपूर्ण गोल गरिसकेका छन् । गाभीलाई धेरै फुटबल पंडितहरुले उत्कृष्ट खेलाडी बन्न सक्ने व्यक्तिका रुपमा हेरेका छन् ।  

जारी प्रतियोगितामा स्पेनको प्रदर्शनलाई लिएर धेरै मानिसले सेमिफाइनल अथवा फाइनल पुग्न सक्ने टोलीका रुपमा हेरिरहेका छन् । उसले पहिलो खेलमा कोस्टारिकालाई ७–० ले हराउनु नै यो कुराको ठूलो उदाहरण हो । के स्पेनले जारी प्रतियोगितामा सन् २०१० को विश्वकपमा पाएको सफलतालाई दोहोर्याउन सक्ला ? के स्पेनले १२ वर्षपछि पुनः विश्वकप जित्न सक्ला ? यो सब जिज्ञासा आउँदा प्रतियोगिताको नतिजाले प्रस्ट पार्ने नै छ । 

Logo