विश्वकप फुटबल प्रतियोगिता एक प्रसंग अनेक

विश्वकप फुटबल प्रतियोगिता एक प्रसंग अनेक


कतारमा जारी फिफा विश्वकप एसियन राष्ट्रमै दोस्रो पटक भईरहेका छ । जारी विश्वकपमा ३२ देश सहभागी छन् । आजको लेखमा यस पटकको फुटबल महाकुम्भमा सहभागी सबैभन्दा कान्छा, सबैभन्दा जेठा, सबैभन्दा अग्ला तथा सबैभन्दा होचा खेलाडीका बारेमा चर्चा गर्ने छौं ।  

कान्छा खेलाडी युसुफ मुकोकोः जारी प्रतियोगितामा जर्मनी विश्वकपको दावेदार टोलीमध्ये एक हो । जर्मन टोलीमा युवा तथा अनुभवी खेलाडीको राम्रो मिश्रण छ । ती मध्ये पर्छन १८ वर्षीय जमाल मुसियाला र १७ वर्षीय युसुफ मुकोको । प्रतियोगितामा युसुफ सबैभन्दा कान्छा खेलाडी हुन् । उनलाई जर्मनीको उदाउँदो फुटबल स्टारका रुपमा हेरिएको छ । 

पाका खेलाडी अल्फ्रेडो तालावेरा:  जारी विश्वकपमा धेरै मुलुकले आफ्नो टोलीमा अनुभवी खेलाडीहरु समावेश गरेका छन् । यद्यपि मेक्सिकोका गोलकिपर अल्फ्रेडो तालाभेरा सबैभन्दा पाका खेलाडी हुन् । अल्फ्रेडो ४० वर्षका छन् । उनका सहकर्मी गोलकिपर गुइलेर्मो ओचोआ ३७ वर्षका छन् । यस्तै प्रतियोगितामा ब्राजिलका ड्यानी अल्भेस ३९, ब्राजिलकै अर्का खेलाडी टियागो सिल्भा ३८, क्रोएसियाका लुका मोड्रिच ३७ तथा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो ३७ वर्षका छन् । 

सबैभन्दा होचा खेलाडी इलियास केयर:  मोरक्को टिमको जिम्मेवारी १० नम्बरको जर्सी लगाएका इलियास केयरको हातमा छ । यी स्टार फुटबलरको उचाइ कम भए पनि प्रतिद्वन्दीहरुलाई चकित तुल्याउन माहिर छन् । उचाईका हिसावले उनी ५ फिट, २ इन्च मात्रै छन् तर मैदानमा उनको गति र कौशल हेर्न लायक छ । यही कारणले पनि उनलाई १० नम्बरको जर्सी दिइएको हो । 

सबैभन्दा अग्ला खेलाडी एन्ड्रियास नोपर्टः नेदरल्याण्ड्सका गोलकिपर एन्ड्रियास जारी विश्वकपका सबैभन्दा अग्ला खेलाडी हुन् । उनको उचाई ६ फिट, ६ इन्च छ । उनले जारी क्लबका लागि १४ खेलमा ६ उत्कृष्ट बचाउ गरिसकेका छन् । नेदरल्याण्ड्सले जारी विश्वकपमा उनकै प्रभावकारी प्रदर्शनका कारण बलिया टोली विरुद्ध प्रतिभाशाली प्रदर्शन गरिरहेको छ । 

Logo