विश्वकपमा किन भयो ४ वर्षे खेल अन्तर

विश्वकपमा किन भयो ४ वर्षे खेल अन्तर


विश्वकप चार–चार वर्षमा किन ?
फिफा विश्वकप सधैं चार वर्षको अन्तरालमा हुने गर्दछ । विश्वकप पर्खेर बस्नेका लागि चार वर्ष कुर्नुपर्छ, यो निकै लामो समय हो । 

विश्वकप छनोट खेल्न
फिफामा अहिलेसम्म २११ राष्ट्रहरुले सदस्यता लिएका छन् । सोही कारण फिफाको नियमअनुसार सबै देशले विश्वकप छनोट खेल्नुपर्छ । त्यसका लागि धेरै समय लाग्ने गर्दछ ।

आयोजक राष्ट्रको तयारी
आयोजक राष्ट्रलाई फिफाको मापदण्ड पालना गरी स्टेडियमहरू निर्माण वा नवीकरण गर्न पर्याप्त समय चाहिन्छ । यस्तै आयोजक राष्ट्रले पर्यटकको लागि उचित सुरक्षा व्यवस्था, आवासको प्रबन्ध आदि निर्माण गर्नुपर्ने हुन्छ । यसका लागि धेरै योजना र तयारी गर्नुपर्ने भएकाले ४ वर्ष दिइएको हुन्छ । 

विश्वकपको आकर्षण बढाउन
हरेक वर्ष वा प्रत्येक दुई वर्षपछि आयोजना भएमा विश्वकपले आफ्नो आकर्षण गुमाउन सक्ने सम्भावना प्रवल हुन्छ । तर यदि ४ वर्षको पर्खाइपछि सञ्चालन भएमा महाकुम्भप्रति मानिसहरूको उत्सुकता र प्रतीक्षा चरममा पुगेको हुन्छ । जसले गर्दा यस्ता ठूला प्रतियोगिताले विश्वभरबाट ठूलो दर्शकको साथ पाउँछ । 

खेलाडीको फिटनेस र क्षमताका लागी
खेलमा ब्रेक नहुँदा खेलाडीहरु थकित हुन्छन् । विश्वकपमा राष्ट्रको प्रतिनिधित्व गर्ने लगभग सबै खेलाडीहरू कुनै न कुनै क्लबहरूबाट खेल्छन् । कल्पना गर्नुस् यदि हरेक वर्ष विश्वकप आयोजना भए उनीहरूले आराम कहिले पाउने ? हरेक गर्मी मौसममा विश्वकप खेल्ने र बाँकी वर्ष क्वालिफायर खेल्नु कुनै पनि खेलाडीका लागि लगभग असम्भव हुन्छ ।
 

Logo