नामिबियाविरुद्ध नेपालले टस हार्‍यो

नामिबियाविरुद्ध नेपालले टस हार्‍यो


नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नामिबियाका कप्तान गेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।  

आजको खेलमा नेपालका तीव्र गतिका बलर करण केसी बेन्चमा रहेका छन् भने स्पिनरहरुलाई टोलीमा राखिएको छ । 

विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा छ । नामिबिया २७ खेलमा २७ अंक सहित चौथो स्थानमा छ ।  रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले शृंखलामा तालिका सुधार गर्ने लक्ष्य बोकेको छ । 

नेपालको प्लेइङ ११-
रोहित पौडेल (कप्तान), आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, ललित नारायण राजवंशी र सागर ढकाल ।

Logo