पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा

पोर्चुगललाई हराउँदै दक्षिण कोरिया नकआउट चरणमा


दक्षिण कोरिया फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलमाथि दक्षिण कोरियाले २-१ को जित निकालेको हो ।

दक्षिण कोरियाको जितमा किमयोङ ग्वन र ह्वाङ ही चानले एकएक गोल गरे । पोर्चुगलका रिकार्डो होर्ताले एक गोल गरेका थिए । 

खेलको पाँचौं मिनेटमा रिकार्डोले गोल गर्दै  पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, त्यो अग्रता टिक्न सकेन । २७औं मिनेटमा दक्षिण कोरियाका किमले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि खेलमा पोर्चुगलले राम्रो अवसर बुनेपनि फिनिसिङमा भने चुक्यो । खेलको इन्ज्युरी समयमा चानले गोल गर्दै पोर्चुगलमाथि दक्षिण कोरियालाई २-१ को अप्रत्याशित जित दिलाए । 

जितसँगै दक्षिण कोरिया समूह एचको उपविजेता बन्दै अन्तिम १६ मा पुुगेको छ । कोरियाको ४ अंक रहेको छ । यस समूहबाट  एक खेल अगावै नकआउट चरणमा प्रवेश गरिसकेको पोर्चुगलले ३ खेलमा ६ अंक जोडेर शिर्ष स्थानमा रह्यो ।

Logo