सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल चयन

सुदूरपश्चिम एमाले संसदीय दलको नेतामा रावल चयन


नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा राजेन्द्र रावल चयन भएका छन्।

शनिबार बिहान बसेको बैठकले रावललाई दलको नेता चयन गरेको हो। कञ्चनपुरबाट समानुपातिक प्रदेश सभा सदस्य रहेका रावल पार्टीको पोलिट्ब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज समेत हुन्। यस्तै दलको उपनेतामा सन्तोषीकुमारी थापा शर्मा चयन भएकी छिन्। सुदूरपश्चिममा एमालेका १० सांसद छन्।
 

Logo