खुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम

खुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम


पुषे १५ पर्वको अवसरमा बैतडीमा आयोजना गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आनन्दसिंह थापा र कैलाश थापाको टिम प्रथम भएको छ । राजबहादुर बोहरा र प्रकाश विष्टको टिम दोस्रो भएको छ । 

दिनेश ठगुन्ना र चन्द्रसिंह डोबालको टिम तृतीय हुँदा अंकित जोशी र हरिश भण्डारीको टिमले सान्त्वना पुुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई नगद १० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो र सान्त्वना हुने टिमलाई नगद पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । 

खेलकूद विकास समितिका दशरथ चन्द नगर अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि दशरथ चन्द नगरपालिकाका मेयर पुुष्करराज जोशी (लख्खाभाइ) थिए । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी सुुरेश पन्थी थिए ।

कार्यक्रममा सातजना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सरप ठगुन्ना, दौलत खत्री, जनकराज भट्ट, लक्ष्मीराज भट्ट, गोबर्धन राना, चन्द्रसिंह ठगुन्ना र राजबहादुर बोहोरा छन् । उनीहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो । पुषे १५ पर्व बैतडीसहित सुदूरपश्चिममा ‘ठूली रात’ पर्वमा रुपमा समेत विशेष तवरले मनाइन्छ । 

Logo