नेपाली मुक्केबाजहरु बिजय र त्रिशा सेमिफाइनलमै सिमित

नेपाली मुक्केबाजहरु बिजय र त्रिशा सेमिफाइनलमै सिमित


थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू २२ बक्सिङ च्याम्पियनसिप २०२३ काे सेमिफाइनलमा नेपाली मुक्केबाज बिजय बाटा र त्रिशा जवेगु पराजित भएका छन् ।

महिला तर्फ ७५ केजी ताैल समुहमा त्रिशा जवेगु काजिकिस्तानी एरजन गुल्सायसंग जनवरी २२ तारिखमा अंककाे आधारमा र पुरुष ८६ केजी ताैल समुहका नेपाली मुक्केबाज बिजय बाटा जनवरी २३ मा ईन्डाेनेशियन मुक्केबाज माेसकिता माईकलसंग सेमिफाईनल खेलमा आरएसीकाे आधारमा पराजित भएका छन् । 

४८ किलो तौल समुहमा भएको सेमिफाईनल खेलमा मंगोलियाका प्रतिद्वन्द्वी बेस्येन्वेई जर्नागुलीलाई तेस्रो राउण्डमा रेफ्रि स्टोप कन्टेस्ट (आरएससी) को आधारमा पराजित गर्दै नेपाली मुक्केबाज सुस्मा तामाङ फाईनल प्रवेश गरेकी छिन् । तामाङले क्वाटर फाईनलमा भेतनामकी क्यूनहानलाई ५:० अंककाे आधारमा जित हासिल गरेकी थिईन् । 

नेपालले एएसबीसी एसियन यू-२२ बक्सिङ च्याम्पियनसिप २०२३ मा तीन काँस्य पदक जितिसकेकाे छ ।

Logo