मिलानसँग लाजियोको शानदार जित

मिलानसँग लाजियोको शानदार जित


इटालियन सिरी ‘ए’ फुटबलमा लाजियोले शानदार जित निकालेको छ ।

स्टेडियो ओलम्पिको रोमामा मंगलबार राति भएको खेलमा लाजियोले शीर्ष दौडमै रहेको मिलानसँग ४–० गोलको शानदार जित निकालेको हो । लाजियोको जितमा सेर्गेज मिलिन्कोभिच साभिक, माटिया जाकाग्नी, लुइस अल्बर्टो र फिलिप एन्डरसनले एक–एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल भएको थियो ।

खेलको चौथो मिनेटमा सेर्गेज मिलिन्कोभिच साभिकले गोल गर्दै लाजियोलाई १–० को अग्रता दिलाए । उनले माटिया जाकाग्नीको पासलाई सदुपयोग गरेका थिए । ३८औं मिनेटमा माटिया जाकाग्नीले गोल गर्दै लाजियोको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा लुइस अल्बर्टोले पेनाल्टीमा गोल गर्दै लाजियोलाई सहज जिततर्फ अघि बढाए । त्यसपछि ७५औं मिनेटमा फिलिप एन्डरसनले लुइस अल्बर्टोको पासमा गोल गरे ।

जितसँगै लाजियो १९ खेलबाट ३७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । समान ३७ अंक नै रहेपनि इन्टर मिलान र रोमा गोलअन्तरमा चौथो र पाँचौ स्थानमा छ । पराजित मिलान ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Logo