क्यान अध्यक्षसहित ५ जना पदाधिकारीको राजिनामा माग

क्यान अध्यक्षसहित ५ जना पदाधिकारीको राजिनामा माग


नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रिय सदस्यले अध्यक्षसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजिनामा माग गरेका छन् ।

उनीहरुले कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजिनामा माग गरेका छन् । राजिनामा माग्ने केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् ।

उनीहरुले काठमाडौंमा पक्रकार सम्मेलन गरी नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै ५ जना पदाधिकारीको राजिनामा माग गरेका हुन् । आयोजक कम्पनी सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको पाइएको र यसो मुख्य जिम्मेवार क्यान नेतृत्व भएको उनीहरुको आरोप छ ।

अध्यक्ष चन्दले पत्रकार सम्मेलन गरेर नेपाल टी–२० लिग आयोजनामा गल्ती भएको स्वीकारेका थिए । तर आइतबार पत्रकार सम्मेलन गर्ने ७ जना केन्द्रिय सदस्यले भने आफूहरुले बारम्बार सचेत गराउँदा पनि अध्यक्ष र कार्य सम्पादन समितिले जानाजान गलत निर्णय गरेको आरोप लगाएका छन् ।

Logo