कराते महासंघका अध्यक्ष युवराज लामाद्वारा शपथ ग्रहण

कराते महासंघका अध्यक्ष युवराज लामाद्वारा शपथ ग्रहण


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालाई आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल र कराते महासंघका सह–महासचिव ओमकृष्ण प्रसाईंको उपस्थितिमा सदस्य–सचिव घिसिङले अध्यक्ष लामालाई शपथ ग्रहण गराएका हुन् ।

राखेपले गत बिहीबार करातेका संस्थापक मध्येका एक एवं राखेपका पूर्व सदस्य–सचिव लामाको अध्यक्षतामा २१ सदस्यीय नेपाल कराते महासंघ केन्द्रीय कार्यसमिति, तदर्थ समिति गठन गरेको थियो ।

अघिल्लो तदर्थ समितिका अध्यक्ष शम्भु आचार्यलाई २०७५ फागुन १४ गते ३ महिना भित्र महासंघको विधान संशोधन गरी निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकोमा जिम्मेवारी प्रदान गरेको ४ वर्षसम्म उक्त समितिले महासंघको विधान संशोधन तथा निर्वाचन समेत गर्न सकेको थिएन ।

Logo