प्यालेसमाथि युनाईटेडको सहज जित

प्यालेसमाथि युनाईटेडको सहज जित


इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युनाइटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डेस र मार्कस रासफर्डले गोल गरे । क्रिस्टल प्यालेसका जेफ्रेले एक गोल फर्काए । खेलको सातौं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीबाट गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ६२ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दा युनाईटेड २–० ले अघि रह्यो । खेलको ७० औं मिनेटमा कासिमिरोले रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ७६ औं मिनेटमा क्रिस्टलका जेफ्री स्लुपले गोल गरेपनि युनाईटेड २–१ ले विजयी भयो । जितसँगै युनाइटेड २१ खेलबाट ४२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस २१ खेलबाट २४ अंक जोडेर १२औं स्थानमा छ ।

Logo