स्वदेश फर्कियो साफ महिला यु-२० नेपाली टोली

स्वदेश फर्कियो साफ महिला यु-२० नेपाली टोली


दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ ।

२३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बिमान बंगलादेशको फ्लाइटमार्फत शुक्रबार दिउँसो स्वदेश फर्किएको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

प्रतियोगितामा सहभागी हुन टोली १८ माघमा बंगलादेश प्रस्थान गरेको थियो । नेपाल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा बिहीबार सम्पन्न फाइनल खेलमा घरेलु टोली बंगलादेशसँग ३–० ले पराजित हुँदै उपविजेतामा सिमित भएको थियो ।

Logo