क्यान इन्फोटेक २०२३ का आकर्षणः ड्रोनदेखि अनलाइन पूजापाठसम्म [भिडियाे]

क्यान इन्फोटेक २०२३ का आकर्षणः ड्रोनदेखि अनलाइन पूजापाठसम्म [भिडियाे]


सूचना र प्रविधिको विकाससँगै मानव जीवनको समग्र शैली पनि फेरिएको छ ।  मानिसको जीवन यापन पूर्णरुपमा प्रविधिमा निर्भर रहेको छ । मानव जीवनको सम्बन्ध प्रविधिसँग जोडिएको छ । बिहान उठेदेखि राति सुत्नेबेलासम्म मानिसलाई प्रविधि अपरिहार्य भएको छ । 

अब मानव जीवन प्रविधिविना सम्भव छैन भन्दा खासै फरक नपर्ला । विश्वमा दिनप्रतिदिन नयाँ नयाँ प्रविधिहरुको आविस्कार भइरहेको छ । जसले मानव जीवनलाई निकै सहज बनाएको छ । तिनै नवीनतम तथा अत्याधुनिक  सामग्रीहरुको प्रदर्शनीका लागि हरेक वर्ष कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) ले सूचना सञ्चार प्रविधिको ठूलो प्रदर्शनीलाई लक्षित गरी क्यान इन्फोटेक आयोजना गर्दै आएको छ । 

यसपटक पनि काठमाडौंको भृकुटीमण्डपमा गत मंगलबारदेखि क्यान इन्फोटेक २०२३ सुरु भएको छ । यसपटकको  प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी चासो रहेको छ । साथै इन्फोडेभलर्सले इन्फिनिटी, इम्पावर, मोबाइल बैंकिङ, वेल्थ लगायतका प्रोडक्टको पनि प्रदर्शनी भइरहेको छ ।

यसैबीच हामीले त्यहाँ राखिएका विभिन्न प्रकारका सामग्रीमध्ये नयाँ, आकर्षक केही सामग्रीको बारेमा रिपोर्ट तयार पारेका छौँ-

१.मधुका ड्रोन सर्भिसेजका ड्रोनहरु 
क्यान इन्फोटेकका विभिन्न आकर्षणहरुमध्ये हामीले पहिलो आकर्षणमा मधुका ड्रोन सर्भिसेजले निर्माण गरेका विभिन्न किसिमका ड्रोनहरुलाई राखेका छौं । मधुका ड्रोन सर्भिसेजले निर्माण गरेको ४५ केजी तौल बोक्न सक्ने डेलिभरी ड्रोनदेखि लिएर औषधी बोक्ने ड्रोन तथा कृषिको लागि प्रयोग गरिने एग्रीकल्चर ड्रोन प्रदर्शनमा राखिएका छन् । 

२ .‘स्काई ब्रोड ब्याण्ड’ 
प्रदर्शनीका आकर्षणहरुमध्ये दोस्रो आकर्षणमा हामीले ‘स्काई ब्रोड ब्याण्ड’ लाई समावेश गरेका छौं  । नवीनतम तथा उच्च स्तरीय प्राविधिका उपकरणहरु तथा प्रविधि उपलब्ध गराउने उदेश्यका साथ संचालन गरिएको आई.ओ.टी नेपाल प्रा.लि.ले हालै क्यान इन्फोटेकको अवसरमा भिलो ब्राण्डको वाइफाई मेनेजमेन्ट सिस्टम तथा स्याङ्फर ब्राण्डको इन्टरनेट एक्सेस गेटवेको बिक्री नेपाली बजारमा सुरुवात गरेको हो । यस पटकको क्यान इन्फोटेकमा उक्त कम्पनीले नयाँ सेवा ल्याएर आएको छ । स्काई ब्रोड ब्याण्डका प्रबन्धक सुमनलाल प्रधानका अनुसार कम्पनीले यसपटक अमेरिकी भिलो वाइफाई मेनेजमेन्ट सिस्टम ल्याएको छ ।
 
भिलो ब्राण्डको वाइफाई मेनेजमेन्ट सिस्टम नेपालमा संचालित आइएसपीलाई लक्षित गरी ल्याइएको हो । इन्टरनेटमा ग्राहकका गुनासाहरु इन्टरनेट स्लो हुने सम्बन्धी नै बढी हुने गरेकाले उक्त समस्यालाई मध्यनजर गरी यो प्रविधि ल्याइएको हो ।

३.अब प्रिन्ट गर्न नेट नचाहिने 
क्यान इन्फोटेकको अर्को आकर्षण हो प्यान्टम ब्राण्डको इन्टरनेटबिना प्रयोग हुने प्रिन्टर । प्यान्टम प्रिन्टका सामाग्रीहरुको विक्रि वितरण गर्ने एक अन्तर्राष्ट्रिय ब्राण्ड हो, जसले लेजर प्रिन्टरहरू र टोनर कारट्रिजहरू विकास र उत्पादन गरेर विक्रीवितरण गर्दछ । जुन विश्वव्यापी ग्राहकहरूको लागि चीनमा बनाइन्छ ।  

४. अनलाइबाट अब पूजाको सामान,ज्योतिष र पूजारी
क्यान इन्फोटेकको चौथो आकर्षणको रुपमा हामीले अनलाइन पूजा पाठ एपलाई समावेश गरेका छौँ । केही समयपछि नेपालमा अनलाइन पूजापाठ एप सार्वजनिक हुँदैछ । पूजापाठले देश तथा विदेशमा पुजामा सामान पु-याउनुका साथै ज्योतिष तथा पूजारी समेत उपलब्ध गराउने छ । उक्त एपबाट सजिलै सेवा लिन सकिन्छ । 

५. २० लाख पर्ने बेन्क्यु प्रोजेक्टर 
क्यान इन्फोटेकको पाचौं आकर्षणको रुपमा हामीले विश्वकै एक नम्बर प्रोजेक्टर ब्रान्ड बेनक्युलाई समावेश गरेका छौँ । २८ औं क्यान इन्फोटेक मेलामा घरायसी प्रयोजन, अफिस, गेमिङ र ई–गेमिङका लागि विभिन्न प्रकारका प्रोजेक्टरहरु राखिएको छ । मेलामा विभिन्न प्रकारहरुमा पोर्टेबल र होम इन्टरटेनमेन्टका लागि प्रयोग हुने सबै प्रकारका प्रोजेक्टरहरु राखिएको छ । टीभीभन्दा सस्तो र जुनसुकै लाइट कन्डीसनमा पनि प्रयोग गर्न मिल्ने प्रोजेक्टरहरु मेलामा सस्तोदेखि २० लाखसम्म मूल्य पर्ने सिनेमाहलहरुमा प्रयोग हुने प्रोजेक्टरहरु पनि राखिएको छ । 

Logo