1
1
Kendrabindu - News & Articles from Nepal
1
1
1

आइस हक्की संघमा पाठक निर्विरोध

1
1
1
1
1
1
1
1

काठमाडौं,

नेपाल आइस हक्की संघको अध्यक्षमा भुवन पाठक निर्विरोध चयन भएका छन् । संघको दोश्रो साधारण सभाले पाठकको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।

उपाध्यक्ष त्रयमा श्रीविक्रम भण्डारी, विजय खड्का र मदन केसी, महासचिवमा गणेश रिमाल, सचिवमा मनोज ढुंगेल तथा कोषाध्यक्षमा हरि मानन्धर रहेका छन् ।

प्रज्ज्वल थापा, मुकेश शाही, देवकृष्ण थापा, लेखनाथ शर्मा पराजुली, श्रेया केसी, रोजेश रिजाल, कमल शर्मा आचार्य, गोविन्दसिंह डंगोल, ठाकुरप्रसाद पौडेल र दिलबहादुर तामाङ सदस्यमा चयन भए । साधारण सभाको संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे ।

प्रकाशित: ३ मंसिर २०७६ १०:१० मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी