भन्सार विभागका महानिर्देशकसंग नाडाका पदाधिकारीकाे छलफल

भन्सार विभागका महानिर्देशकसंग नाडाका पदाधिकारीकाे छलफल


भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासंग नाडाका अध्यक्ष  ध्रुव थापा नेतृत्वको प्रतिनिधि मण्डलले बिहीवार भेटवार्ता गरेकाे छ । भेटमा भन्सार नाकाहरुमा लामोसमय देखि रहको सवारीका साधनहरु छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि छलफल भएको छ । 

छलफलमा नाडाका अध्यक्ष थापाले सरकारले सवारी साधनहरुकोआयातमा लगाएको प्रतिवन्ध खुलाए पनि सो आयात प्रतिवन्ध लगाउनु अघि देखि नै नेपाल राष्ट्र बैंकले लागु गरको अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरुको खरिद विक्रीमा कुनै सुधार हुन नसकेको भन्दै यसै कारण सवारी साधन पैठारी कर्ताहरुले भन्सार नाकाहरुबाट आफ्ना सवारी साधनहरु उठाउन नसकेको स्पष्ट पारे ।

सोही क्रममा नाडाका उपाध्यक्ष  निराकार श्रेष्ठले कार जीप र भ्यान जस्ता सवारी साधनहरुको बजार वार्षिक १७-१८ हजार रहेकोमा अहिले त्यो घटेर ७-८ हजारमा झरेको बताउँदै सवारी साधनहरुको विक्रीे ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको स्पष्ट पारे । 

त्यसैगरी उक्त  छलफलमा नाडाका सहकोषाध्यक्ष पंकज अग्रवालले एल.सि खोलेर ल्याएका स्पेयर पार्टसहरुको मूल्याङ्कनमा पनि समस्या आइरहेकोले पैठारी कर्ताले पेश गरेको विल मूल्यलाई मान्यता दिन आग्रह गर्दै सन्दर्भ मूल्य सूचिले व्यवसायीहरुलाई धेरै समस्या परिरहेकोले सो सन्दर्भ मूल्य सूचिलाई खारजे गर्नु पर्ने धारणा ब्यक्त गरे ।

जवाफमा महानिर्देशक चक्रबहादुर बढुाले भन्सार नाकाहरुमा रहेका सवारी तथा ढुवानीका साधनहको सम्बन्धमा मन्त्रालयमा समेत पटक-पटक छलफल भईसकेको जानकारी दिए । साथै उनले नेपालका कुन-कुन भन्सार नाकाहरुमा के-कस्ता ब्राण्डका के-कति संख्यामा सवारीका साधनहरु (दुई पाँग्रे तथा तीन पाँग्रेवाहेक) भन्सार परिसरमा छुटाउन बाँकी रहेका छन्, त्यसको विवरण यथाशीघ्र विभागमा पठाई दिन अनुरोध गरे । 

Skip This
Logo